काभ्रे – बनेपा नगरपालिकामा २०६७ सालदेखि परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन हुदै आइरहेको छ । स्थानीयको विश्वास जित्दै निरन्तर संचालनमा रहेको यस संस्थाको प्रबन्धक हुनुहुन्छ ज्योति बुढाथोकी । काभ्रेपलाञ्चोक जिल्लाको सहकारी क्षेत्रमा एक सुपरिचित नाम हो ज्योति बुढाथोकी रामेछाप जिल्ला खाँडादेबि गाउँपालिका वडा नं. ६ माकादुममा जन्मनुभएको बुढाथोकी मिलिनियम क्याम्पसमा अध्यनरत हुनुहुन्छ । सार्वजनिक सेवामा आबद्घ भएको संघ संस्थामा काम गर्न चाहाना रहेको बताउनु भयो । उहाँ लाई सहकारी अभियानमा मुख्य भुमिकामा लागि परेको देख्न सकिन्छ । देशको तिन खम्बा अर्थतन्त्र मध्य सहकारी मुख्य भुमिकामा रहेको हामिलाई थाहा भएको बिषय नै हो । सहकारी गरिब तथा निम्न आयस्तर रहेका ब्यक्तिहरुको आर्थिक स्तर बृद्घि हुने मुख्य निकाय नै हो भन्दा फरक नपर्ला । पछिल्लो समय सहकारीमा समस्याहरु दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । सहकारी विभागले चाल्नुपर्ने कदममा पनि कमजोर देखिएको छ । पछिल्लो समय देखिएका सहकारीका समस्या र सुधारका उपाय लगायतका विषयमा नव क्षितिज साप्ताहिकको लागी परिकल्पना बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक ज्योति बुढाथोकीसँग गरिएको समसामयिक कुराकानि ;


० परिकल्पना बचत तथा ऋण सहकारी संस्थाको परिचय दिनु पर्दा ?
परिकल्पना बचत तथा ऋण सहकारी संस्था लि.२०६७ साल फागुन २ गते बनेपा नगरपालिको ठेगानामा धुलिखेल डिभिजन सहकारी कार्यालय बाट २५ जना सदस्यहरुको भेलाले बनेपा नगरपालिकामा बसोबास गर्ने मानिसहरुलाई आर्थिक स्तर उन्नतिको लागि स्थापना भएको संस्था हो । हाल यस संस्थामा १४१५ जना सदस्य रहेका छन । यस संस्थाको कार्यालय बनेपा नगरपालिका वडा नं. ७ पुरानो तरकारी बजारमा रहेको छ ।

० तपाई यस सहकारीको व्यवस्थापक हुनुहुन्छ, आफ्ना शेयर सदस्यहरुलाई कस्तो सुविधा दिनुभएको छ, यो परिस्थितिमा ?
व्यवस्थापकको रुपमा काम गर्दै आए देखि मुख्य गरी सदस्यहरुको सेवामा तल्लिन हुदै आएका छौ । सदस्यहरुको मनोभावना र संस्थाको कार्यविधि लाई ध्यानमा राखेर कर्जा तथा बचतको सिमालाई सन्तुलन राख्दै आएका छौ । वर्ततमान समयमा सदस्यहरुको मनोभावनालाई ध्यानदिई सुबिधा बढाएका छौ ।

० अहिले सहकारीमा देखिएका समस्याहरु के के छन् त ?
प्छिल्लो समयमा सहकारी क्षेत्रमा केही समस्याहरु देखापरेका छन् । अहिले मुख्य गरी बजारमा समस्या देखिन्छ । बचत फिर्ता दिन नसक्नु, सदस्यको विश्वास जित्न नसक्नु, सहकारी सदस्य केन्द्रित लगानि नहुनु, बचत क्षमतालाई ध्यानमा राखी लगानी नगर्नु, समय सापेक्ष बैंक ब्याज दर अनुसार परिमार्जन नहुनु, साधारणसभामा सदस्यहरुको उपस्थितिलाई सहकारीहरुले व्यवस्था गर्नुुको साथै संस्थाको कार्य शैलिले गर्दा सहकारी संस्थाहरुमा समस्या देखापरेका छन् ।

० अहिले जति धेरै नाफा कमायो त्यो सहकारी चाहीँ राम्रो भनेर बुझ्ने चलन छ नि ?
सहकारी संस्था भनेको सेवामुखी संस्था हो । त्यसमा सबै सदस्यहरुको लगानी हुन्छ । संस्थाबाट पाउने सेवा सुविधा सदस्यहरुले नै प्राप्त गर्ने हो । त्यसैले संस्थाले नाफा गर्दैमा राम्रो भन्ने हुदैन सदस्यहरुको आवश्यकतालाई बुझेर संस्थाको कार्यविधि अनुसार कम नाफा भएको संस्था पनि आज बलियो रुपमा अगाडि बढेको देखिन्छ ।

० धेरै बर्ष भयो तपाईले सहकारीमा आवद्ध भएर काम गर्न थाल्नु भएको खासमा सहकारी भनेको चाहीँ के हो त ?
समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हितका लागि सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्दै पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्ने र समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूलाई सामाजिक न्याय दिलाउनु नै सहकारी हो । सदस्यहरुको बिच एक आपसमा सहकार्यको भाबना जागिृत गरि आलोपालो सेवा सुबिधालिने हितुले खोलेको संस्था हो ।

० सहकारीले सोझासिधा जनतालाई ऋण लगानीको बहानामा उठिबास लगाउछन भन्ने आरोप लाग्ने गर्छ । यसमा के भन्नुहुन्छ ?
यो एउटा भ्रम हो । सहकारीले आफ्नो सदस्यहरु लाई कहिले पनि त्यस्तो गर्दैन । सहकारीले सदस्यलाई ऋण दिने क्रममा संस्थाको विनिमय, ऋण नीति अनुसार ऋण लगानी नगरेको अवस्थामा शेयर सदस्य अनि संस्था दुवैमा असर पर्न जान्छ । त्यसैले सबै कुराहरु लाई ध्यानमा राखेर ऋण लगानी गर्नु पर्ने हुन्छ अनि मात्रै आरोप लाग्दैन । यसमा सहकारी संस्थाले बिशेष ध्यान दिन जरुरी हुन्छ । आज बजारमा सहकारीले गैर सदस्यहरुलाई लगानी गर्दा यो समस्या देखा परेको देखिन्छ ।

० सहकारी क्षेत्रमा गहिरो अध्ययन अनुसन्धानको कमी छ । यस क्षेत्रमा अनुसन्धानात्मक विकासका लागि के गर्नुपर्छ ? किन सहकारी नै रोज्नुभयो ?
सहकारी क्षेत्रमा अध्ययन अनुसन्धान गर्न राज्यले खेल्ने भुमिका शुन्य जस्तै छ । जसमा सहकारी भनेको गरिब जनताको लागि आर्थिक स्तर बृद्धि विकास गर्न ठुलो टेवा पु¥याउँछ । यस क्षेत्रमा लाग्न हामीलाई सहकारीको शिक्षा अति आवश्यकता छ र विद्यालय तहमा राष्ट्रको एक खम्बे अर्थतन्त्र रहेको सहकारीलाई पाठ्यक्रमा राख्दा अति सुन्दर र भोलि भविष्यमा सहकारी समुदायको मेरुदण्डको रुपमा देखिनेछ । सहकारी शिक्षा देशको अर्थतन्त्रलाई उत्पादन तथा व्यवसायलाई थप टेवा पु¥याउने हुँदा र राज्यलाई करमा योगदान हुने हुँदा मैले यो क्षेत्रलाई रोजेको छु ।

० सहकारी ऐनमा राखिएको मुख्य कारोबारको विषयमा यहाँको के भनाई छ ? दोहोरो सदस्यता अन्त्यको विषयमा यहाँको राय के छ ?
सहकारी ऐनमा मुख्य कारोबार उत्पादन क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने देखिन्छ । हामीले सहकारीको माध्यमबाट नेपालमा कृषि प्रधान देश भनिने भनाईलाई केही सहुलियत दिन सक्छौ । त्यो ऐनमा व्यवस्था हुँदा पनि सहकारी कार्य निर्देशन र सरकारको असयोगको कारणले आज सहकारीको निति नियमलाई पूर्णरुपमा काम गर्न सकेको छैन । दोहोरो सदस्यता सहकारीमा हुनु राम्रो देखिदैन । यसमा मेरो पनि असहमती छ । दोहोरो सदस्यले गर्दा आज केही समस्याको रुपमा देखा परेको देखिन्छ । त्यसको अन्त्य हुनु जरुरी देखिन्छ ।

० सहकारीहरुले बचतकर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेका छन् नि ? के यसमा सहकारीकर्मीहरुको कुनै दायित्व हुँदैन ?
सहकारीले बचत कर्ताहरुको पैसा कुम्ल्याएर भागिरहेको भन्ने कुरामा म असहमत छु । किनकी सदस्यहरुको भेलाले पास गरेको कार्यविधि अनुसार संस्थामा उहाँहरुले बचत गरेको हुन्छ र संस्थामा सदस्यले नै सञ्चालक समिती र लेखा समिती गठन गरिन्छ । सदस्यहरुको भोटिङ राइट अनुसार संस्थामा सञ्चालित हुन्छ । सहकारीको बचत सदस्यहरुलाई नै आलोपालो लगानी गरिएको हुँदा सदस्यहरुको बचत तथा शेयर सदस्यहरुमानै घुमिरहेको हुन्छ । आज वर्तमान समयमा सहकारी संस्थाले बचतकर्ताको बचत रकम सदस्यहरुको बचत क्षमता र आम्दानीको स्रोत अध्ययन नगरी लगानी गर्दा कर्जा जोखिम भई सहकारीमा समस्या भएको देखिन्छ । त्यसैले सहकारीको बचत रकम सञ्चालक समितीले धेरै कर्जा सुविधा लिँदा सहकारीमा उक्त सञ्चालक समितीले चलाएको कर्जा रकम संस्थामा नफर्किदा संस्था बन्द हुने अवस्था देखिन्छ । त्यसैले सदस्य स्वयंमले संस्थाको विश्लेषण गरी आर्थिक कारोबार गर्नुपर्ने देखिन्छ । सहकारी अभियान्ताहरुले सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम दिनुपर्ने देखिन्छ ।

० अहिले सदस्यहरुले यस सहकारी संस्थाबाट के कस्तो फाईदा लिन सकेका छन् ?
हामीले सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम प्रभावकारी ढङ्गले दिएका छौ । सदस्यको आवश्यकतालाई ध्यानमा राखी उत्पादन तथा व्यवसायीलाई कर्जा प्रवाह गर्दै आएका छौ । हाल नेपाल सरकारबाट प्राप्त सो रोजगार कार्यक्रमलाई सदस्यको आर्थिक स्तर बृद्धि गर्न कार्यक्रम सञ्चालन गरिरहेका छौ । देशमा रहेका बेरोजगारीलाई कम गर्न यस संस्थामा रहेका सदस्यलाई सेवा प्रवाह गर्दे आएका छौ ।

० बचत तथा ऋण सहकारी संस्था र साना किसान कृषि सहकारी संस्थामा कुन चाहीँ बढि प्रभावकारी देखिन्छ ?
बचत तथा ऋण सहकारी संस्था भन्दा कृषि सहकारी संस्था भन्दा प्रभावकारी हुनुपर्ने देखिन्छ । किनकी कृषि उत्पादनले हाम्रो सदस्यहरु मार्फत आत्मनिर्भर गराई टेवा पु¥याउनु पर्दछ ।

० भावी योजनाहरु के छन् ?
संस्थाको सदस्यहरुको हकहितको लागि कार्यविधिलाई समय अनुकुल कार्यविधि सम्बोधन गर्ने, लगानी उत्पादनमा बढि प्राथमिकता दिने सदस्यहरुलाई सेवा प्रभावहमा प्रभावकारी रुपमा अघि बढाउने सहकारी शिक्षा कार्यक्रम पूर्ण रुपमा सदस्यहरुलाई प्रधान गर्ने, रोजगारी स्तरमा बृद्धि हुने क्षेत्रमा लगानी प्रवन्ध मिलाउने, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा सहकार्य गर्ने योजना रअ‍ेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..