आर्थिक मन्दीले सहकारी क्षेत्र नै संकटमा परेका बेला प्रभात बचत तथा ऋण सहकारीको संस्थाले स्वास्थ्य शिविर र बाल भेला कार्यक्रम सम्पन्न गरेको छ । प्रभात साकोस काभ्रे जिल्लाको राम्रो सहकारी मध्यको एक सहकारी हो । हुन त जिल्ला बचत संघ काभ्रेको उपाध्यक्ष सागरनाथ कपालि नै यस सहकारी संस्थाको अध्यक्ष हुनुहुन्छ । सहकारी क्षेत्र सम्बन्धि विशेष ज्ञान भएको व्यक्तिहरु बाट संचालित प्रभात साकोस जिल्ला कै उत्कृष्ट मध्यको एक हो । 

समाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले स्वास्थ्य शिविरको साथै बाल भेला कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य शिविरमा बाल सदस्य र अन्य गरेर ६० जनाले दन्त सेवा र फिजिकल चेकअप गरेका थिए । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष सागरनाथ कपाली, उपाध्यक्ष फिरोज शाक्य, नव क्षितिज साप्ताहिकका प्रधान सम्पादक नवराज बजगाई लगायत संस्थाका पदाधिकारी, शेयर सदस्य, कर्मचारी र अन्यको उपस्थिति रहेको थियो । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..