



काभ्रे — काभ्रेपलाञ्चोक जिल्लामा स्थापित इनोभेटिभ हस्पिटालिटी म्यानेजमेन्ट सेन्टरले विश्वभर लोकप्रिय जापानी भोजन सुसि बनाउने तालिम धमाधम सञ्चालन गरिरहेको छ। यस तालिमले विद्यार्थीहरूमा व्यापक आकर्षण सिर्जना गरेको छ।



यो केन्द्रले वेटर, बारिष्टा, कुक, वार टेन्डिङ, सुसि, हाउसकिपिङ लगायतका हस्पिटालिटी सम्बन्धी विविध तालिमहरू अनुभवी र दक्ष प्रशिक्षकहरूमार्फत गुणस्तरीय तरिकाले प्रदान गर्दै आएको छ। प्रशिक्षकहरूले मोटिभेसनल विधिबाट सहज र प्रभावकारी सिकाइ वातावरण सिर्जना गर्ने भएकाले विद्यार्थीहरू थप उत्साहित र प्रेरित देखिएका छन्।

गुणस्तरीय शिक्षा न्यूनतम शुल्कमा प्रदान गर्दै आएको यस केन्द्रको उद्देश्य हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु हो। विद्यार्थीको उज्ज्वल भविष्यप्रति समर्पित यस संस्थाले तालिमपछि रोजगारी र आत्मनिर्भरता सुनिश्चित गर्ने दिशामा पनि विशेष जोड दिएको छ।
स्थानीय स्तरमै अन्तर्राष्ट्रियस्तरको सीप विकास गर्ने यस्ता कार्यक्रमहरूले नेपाली युवालाई देशमै रोजगारीको अवसर सिर्जना गर्न मद्दत पुर्याउने विश्वास गरिएको छ।