बिश्नुदेवी शिक्षा सदन मावि, चनपा–११ सतुङ्गलमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न

 राजन थापा –११, सतुङ्गलस्थित बिश्नुदेवी शिक्षा सदन माध्यमिक विद्यालयमा एक दिने निःशुल्क दन्त स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न भएको छ। “सदनदेखि सडकसम्म” का सबै व्यक्तिहरूलाई लक्षित गर्ने उद्देश्यका साथ आयोजना गरिएको यस शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक तथा स्थानिय समुदायका सदस्यहरूको उत्साहजनक उपस्थिति देखिएको थियो।
शिविरमा ९४४ जना विद्यार्थीहरूले दन्त परीक्षण गराएका थिए भने ४५ जनाले दाँत सफा गर्ने सेवा समेत प्राप्त गरेका थिए। सेवा अन्तर्गत दन्त परीक्षण, परामर्श, सामान्य उपचार, दन्त सरसफाइ लगायतका सेवा प्रदान गरिएका थिए। साथै, सहभागीहरूलाई दन्त स्वच्छता, रोग निवारण, तथा नियमित चेकजाँचको आवश्यकता सम्बन्धी जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम बिश्नुदेवी शिक्षा सदनको आयोजनामा सम्पन्न भएको हो भने प्राविधिक सहयोग ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाबाट प्राप्त भएको थियो। अस्पतालबाट सहभागी चिकित्सक तथा प्राविधिक टोली यस प्रकार रहेका थिए: डा. प्रतीक प्रभात गौतम, डा. गौरी श्रेष्ठ, डा. आशिका न्यौपाने
डा. सुदेशा अधिकारी,जुनु पण्डित (दन्त सहायक),रेजिना खड्का (दन्त सहायक),अञ्जना खड्का (शाखा प्रमुख, ॐ समाज डेन्टल अस्पताल – नैकाप) विद्यालय प्रशासनले यस्ता स्वास्थ्यमूलक अभियानहरूले बालबालिका, अभिभावक र समुदायमा स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता विद्यालयले जनाएको छ।

बिज्ञापन