
लोकप्रिय गायक एबम संगीतकार सिडी विजय अधिकारीको सुमधुर स्वर रहेको  ‘ चरी ‘ गीत सार्वजनिक भएको छ  रचनाकार जीवनदास सुनारको शब्दरचना, सिडी विजयको म्युजिक कम्पोज  र एनक्समसको म्युजिक प्रोडक्सन रहेको गीतलाई  मंगलबार साझ सार्वजनिक गरिएको हो ।
धेरै मनमहोक स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडेल बिना राउत र कमल सिंहको अभिनय रहेको छ  । धेरै लोकप्रिय गीतका भिडियोहरु निर्देशन गरिसकेका युवा निर्देशक प्रहिल कार्कीले भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोमा उत्तम हुमागाईंको सिनेमाटोग्राफी , सन्तोष राजवाहकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ ।
 यसअघि जीवनदास सुनार र सिडी विजय अधिकारीको सहकार्यमा  समिक्षा अधिकारीको आवाजमा रहेको ”म चन्द्रमा हुँ ” गीत रिलिजको छोटो समयमै निकै चर्चित पनि बनिसकेको छ  भने सिडी विजय र एनक्समसको ‘ दुरी मजबुरी’ र ‘अविरल माया ‘स्रोता दर्शकले  अत्याधिक
रुचाइएका गीतहरुमा पर्छन  ।






                
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          
          