दुबै मिर्गौला फेल भएका आलमको अवस्था गम्भीर

 

काठमाडौं — नेपाली कांग्रेस नेता मोहम्मद अफताव आलमको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। दुबै मिर्गौला फेल भएपछि अहिले उनी केएमसी अस्पतालको आईसीयूमा भेन्टिलेटरमा उपचाररत् छन्।

बिज्ञापन

अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार आलम तिहारअगाडिदेखि नै आईसीयूमा भर्ना भएका हुन् र अहिले कृत्रिम स्वासप्रश्वासमा राखिएको छ।

रौतहटको राजापुर बम विस्फोट प्रकरणमा जन्मकैद सजाय पाएका आलम उच्च अदालत जनकपुरबाट सफाइ पाएपछि छुटेका थिए। कारागारबाट निस्किएलगत्तै उनलाई मस्तिष्कघात भएको थियो। पछिल्लो समयमा मिर्गौला समस्या बढेपछि केएमसीमा उपचार भइरहेकाे हो।