



Success Educational Consultancy and Job Solution Pvt. Ltd. का संस्थापक तथा प्रमुख रोहित दंगाल बिगत लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रलाई ईमानदारीपूर्वक अगाडि बढाउँदै आएका एक प्रेरणादायी उद्यमी हुन्। काभ्रेपलाञ्चोकको बनेपाबाट उदाएका दंगालले नेपाली विद्यार्थीहरूलाई उनीहरूको भविष्य निर्माण गर्न अन्तर्राष्ट्रिय स्तरको शिक्षामा पहुँच पुर्याउँदै आएका छन्।



हाल अस्ट्रेलियाको भ्रमणमा रहेका रोहित दंगालले त्यहाँका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा पुगेर विद्यार्थीहरूको लागि कसरी अझ सहज, सुलभ र सुरक्षित अध्ययन अवसरहरू सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा निरन्तर छलफल र सहकार्य गरिरहेका छन्। विदेशमा अध्ययन गर्ने सपना बोकेका नेपाली युवाहरूका लागि उनी दिनरात मिहिनेत गरिरहेका छन्।

सामान्य परिवारमा जन्मिएका रोहितको जीवन यात्रा संघर्षले भरिएको छ। बाल्यकालमै प्राकृतिक प्रकोपका कारण आमाको र हृदयघातका कारण बाबुको असामयिक निधन भएको पीडादायी घटनालाई समेत साहसका साथ सामना गर्दै, उनले आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनलाई सफलतातर्फ मोड्न सफल भएका छन्। उनको जीवनकथा कुनै चलचित्रभन्दा कम छैन — अभाव, संघर्ष र आँटको एक जीवन्त उदाहरण हो रोहित दंगाल।
आज Success Educational Consultancy and Job Solution Pvt. Ltd. बनेपाबाट सुरु भएको एक सानो प्रयास अब नेपाली विद्यार्थीहरूलाई विश्वभरका उत्कृष्ट शैक्षिक संस्थासम्म पुर्याउने विश्वासिलो सेतु बनेको छ।
👉 विदेशमा पढ्न चाहनुहुन्छ? भरपर्दो सल्लाह र सम्पूर्ण प्रक्रिया सहयोगको लागि हामी यहाँ छौं।
📍 ठेगाना: Success Educational Consultancy and Job Solution Pvt. Ltd., बनेपा-८, काभ्रेपलाञ्चोक , बनेपा विधुत प्राधिकरणको सिदा अगाडि
📞 सम्पर्क: +977 11-663298 / +977 9851214404
🌐 www.sejs.com.np
#SuccessStory #RohitDangal #StudyAbroad #AustraliaStudy #SuccessEducationNepal #NepaliYouthAbroad #BanepaPride #InspirationalJourney