लमजुङ, राजन थापा २०८२ असार १७ – “सडकदेखि सदनसम्म, सहरदेखि पहाडसम्म” भन्ने मूल नाराका साथ, ॐ समाज डेन्टलको आयोजनामा मस्र्याङ्दी गाउँपालिका–५, भुलभुले स्वास्थ्य चौकीमा चारदिने नि:शुल्क दन्त स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

२०८२ सालको असार १४ देखि १७ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरमा गाउँका टाढाटाढाबाट आएका सेवाग्राहीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो। दुर्गम क्षेत्रमा मौखिक स्वास्थ्य सेवा र जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरको संयोजन सिर्जु अधिकारीले गरेकी थिइन्।

शिविरमा निम्न डेन्टल चिकित्सकहरूले सेवा प्रदान गरेका थिए: डा. गौरी श्रेष्ठ डा. सुदेशा अधिकारी डा. ममता जैसवाल कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउने स्वयंसेवी तथा सहायकहरूमा जुनु पण्डित, अमिषा लावती, र अबिना दवासेको सक्रिय सहभागिता रह्यो। शिविरको दौरान दन्त रोगको प्रारम्भिक परीक्षण, मौखिक स्वच्छता सम्बन्धी परामर्श, आवश्यक उपचार तथा औषधि वितरण गरिएको थियो। आयोजक संस्थाका अनुसार, स्वास्थ्य सेवाबाट वञ्चित क्षेत्रसम्म सेवा पुर्‍याउने लक्ष्यसहित यस्तो कार्यक्रम सञ्चालन गरिएको हो। शिविरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक सिर्जु अधिकारीले भनिन्, “स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्‍याउनु हाम्रो दायित्व हो।

जहाँ सरकारी सेवाको पहुँच पुगेको छैन, त्यहाँ हामीले स्वास्थ्य सचेतना पुर्‍याउनु आवश्यक छ।” स्थानिय बासिन्दाहरूले शिविरप्रति कृतज्ञता व्यक्त गर्दै यस्ता कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन गरिनुपर्ने आवश्यकता औंल्याएका छन्।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly