काभ्रेपलान्चोक – शिक्षा क्षेत्रमा क्रियाशिल युवाहरूले बनेपाको चार दोबाटो पनौती रोड सान फर्निचर घरमा Next Global एजुकेशन कन्सलटेन्सी खोलेका छन् ।
अस्ट्रेलिया,युके,क्यानडा,जापान, कोरिया लगायतका मुलुकहरुमा उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी Next Global एजुकेशन कन्सलटेन्सीको सुरुवात गरिएको एजुकेशन कन्सलटेन्सीका निर्देशक माधव गौतमले जानकारी दिए ।
प्रमाण पत्र तहका अध्ययन पछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलता रहेको र सही परामर्श केन्द्रको अभावमा राजधानी नै धाउनु पर्ने बाध्यतालाई अन्त्य गर्दै विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले यो कन्सलटेन्सी सञ्चालनमा ल्याएको सञ्चालक गौतमले बताए ।