काभ्रेपलान्चोक – बनेपा नगरपालिका भित्र बसोबास गर्ने विभिन्न पार्टी परित्याग गरि १७ जना युवाहरू एमालेमा प्रवेश गरेका छन्।

आज नेकपा एमाले बनेपा नगर कमिटीले एक कार्यक्रमको आयोजना गदै पार्टी प्रवेश गराएको हो । पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य पुर्व मन्त्री गोकुल बास्कोटाले खादा र माला लगाएर नव प्रवेशीलाई नेकपा एमालेमा स्वागत गर्नुभएको छ। उक्त कार्यक्रममा नेकपा एमाले बनेपा नगर कमिटीका अध्यक्ष रत्न कुश रन्जितको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा गोकुल बास्कोटाले भन्नुभयो तपाईहरु अब पार्टीको नव प्रवेशिका हैन पार्टीको खम्बा हो। पार्टी निर्माण र देश विकासमा अब सँगसँगै जाने हो उहाँले भन्नुभयो । उहाँले कार्यकर्तालाई भन्नुभयो पार्टीलाई केहि समय दिनुस् । तपाईंहरुले दिएको समय पार्टीको निर्माण मजबुत हुने छ ।

कार्यक्रममा बनेपा नगर कमिटीका अध्यक्ष रत्नकुश रन्जितले भन्नुभयो पार्टी प्रवेश कार्यक्रम महिनाको एक चोटि गरिनेछ।
पार्टीको निर्माणका लागि कमिटी सधै क्रियाशील रहिरहने र पार्टी निर्माणमा बाधा पुर्‍याउने हरुलाई कार्वाही गरिने बताउनु भएको छ ।

कार्यक्रममा जिल्ला सदस्य एवम् युवा नेता प्रेम लामा, बनेपा नगर कमिटीका उपाध्यक्ष नवराज मानन्धर , पुर्व नगर कमिटी अध्यक्ष लक्ष्मी नरहसिंह बादे, अनेमा संघ उपाध्यक्ष रेखा सापकोटा दाहाल र पार्टीका विभिन्न व्यक्तिहरुको उपस्थिति थियो ।

विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गर्ने व्यक्तिहरु

 


दुर्लभ थापा
राम शरण थापा
बिक्रम थापा
पुकार थापा
मन्दिप गिरि
रमित ढुंगाना
सुनिल बि.क
कोपिला मिजार
रमेश तोलाङे(सार्की)
चोला ब .महत
हरि भक्त शाही
बिस्णु दाहाल
रामशरण भुजेल
राम मणि थापा
मनिष महत
पुर्ण तामाङ

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..