— राजन थापा, असार २, काठमाडौं

काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा निःशुल्क दन्त तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं वाग्मतीको आयोजनामा तथा ॐ समाज डेन्टल अस्पताल, बनस्थली शाखाको प्राविधिक सहकार्यमा भएको शिविरमा ५०० भन्दा बढी विद्यार्थीको परीक्षण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक राधेश्याम प्रधानका अनुसार, अध्ययन–अध्यापन केवल किताबी ज्ञानमा सीमित नराखी विद्यार्थीको समग्र विकासमा विद्यालयको भूमिका महत्त्वपूर्ण हुने विश्वासका साथ शिविरको आयोजना गरिएको हो। “शारीरिक स्वास्थ्यमा सुधार ल्याउन दन्त स्वास्थ्य अत्यन्तै आवश्यक हुन्छ,” उनले भने, “मुख सफा नहुँदा शरीरमा विभिन्न समस्या आउन सक्छन् भन्ने उद्देश्यका साथ यो शिविर आयोजना गरेका हौं।”
शिविरमा ॐ समाज अस्पतालका प्रमुख सबिना पपनको नेतृत्वमा दन्त विशेषज्ञ डा. रितिका श्रेष्ठ, डा. वर्षा कार्की, र दन्त सहायक जुनु पण्डितको टोलीले परीक्षण गरेका थिए। परीक्षणको क्रममा धेरै विद्यार्थीहरूमा दन्तसम्बन्धी समस्या देखिएपछि विद्यालय र अस्पतालबीच औपचारिक सम्झौता (MoU) पनि हस्ताक्षर गरिएको छ।
सम्झौताअनुसार विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी तथा तिनका परिवार सदस्यलाई दन्त उपचार सेवामा २०% छुट र दन्त मुकुट निर्माण सेवामा १५% छुट उपलब्ध हुनेछ। सम्झौतामा विद्यालयतर्फबाट प्रधानाध्यापक राधेश्याम प्रधान र अस्पतालतर्फबाट सबिना पपनले हस्ताक्षर गरेका थिए। पत्रकार तथा सामाजिक अभियन्ता राजन थापा सम्झौतामा साक्षीको रूपमा सहभागी थिए।
कार्यक्रममा सबिना पपनले दन्त सुरक्षा र हेरचाहबारे विद्यार्थीहरूलाई सचेतना मुलक प्रशिक्षण समेत दिइन्।
शिविरको व्यवस्थापन तारकेश्वर क्लब–६० का अध्यक्ष राजन थापाले गर्नुभएको थियो। उनले कार्यक्रममा बोल्दै उक्त सम्झौताबाट विद्यार्थी, अभिभावक र विद्यालय परिवार लाभान्वित हुने विश्वास व्यक्त गरे।
शान्ति निकुञ्ज माविले गुणस्तरीय शिक्षाका साथै स्वास्थ्य, अनुशासन र संस्कारमा समेत ध्यान दिँदै आएको छ। विद्यालयले आगामी दिनमा पनि यस्ता सहयोगात्मक तथा सामाजिक अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
अायाेजक संस्था ले विभिन्न व्यक्तिहरूलाई सम्मान गर्दै
सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा सहकार्यका क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न संघ–संस्थाहरूलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरेको छ।
शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरको अवसरमा आयोजित कार्यक्रममा लायन्स क्लबले कार्यक्रम सफल बनाउन सहयोग गर्ने संस्थाहरू तथा व्यक्तिहरूलाई औपचारिक रूपमा सम्मानित गरेको हो।
क्लबकी अध्यक्ष तथा सामाजिक अभियन्ता उषा सिंहले संस्थागत सहकार्यको महत्त्व औँल्याउँदै भनिन्, “सामाजिक उत्तरदायित्व निर्वाहमा सबैको हातेमालो आवश्यक हुन्छ। हामीले प्राप्त सहयोगको कदर गर्नुपर्छ भन्ने सोचका साथ सम्मान कार्यक्रम आयोजना गरेका हौं।”
सम्मानित संस्थाहरूमा ॐ समाज डेन्टल अस्पताल (बनस्थली शाखा), लायन्स क्लब अफ काठमाडौ बागमती325 H ,तारकेश्वर क्लब–६०, तथा कार्यक्रमसँग प्रत्यक्ष सम्लग्न चिकित्सक तथा पत्रकार अरबिन्द गाैतम साथै सामाजिक अभियन्ताहरू रहेका थिए। सम्मानपत्र र चिनो क्लबका पदाधिकारीहरूले हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बोल्दै लायन्स क्लबका उक्त क्लब का विभिन्न पधाधिकारि हरु काे पनि बाक्लो उपस्थिति थियाे।साथै यसै बिद्यालय का शिक्षाका अमिता शाक्य काे भनाइ अनुसार सहकार्यका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरिन। साथै, क्लबले यस्ता कार्यक्रम भविष्यमा अझ व्यापक रूपले सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly