काभ्रेपलान्चोक २१ बनेपा,
बनेपास्थित शैक्षिक परामर्श संस्था सक्सेस अब्रोड स्टडीले आयोजना गर्न लागेको मल्टिडेस्टिनेशन एप्लिकेसन डे कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक ले जनाएको छ।
कार्यक्रम भोलि, जेठ २२ गते बिहिबार (जुन ५, २०२५) बिहान ९ बजेदेखि दिउसो ४ बजेसम्म सक्सेस अब्रोड स्टडि शाखा कार्यालय बनेपा खसीबजारमा रहेको आफ्नै कार्यालयमा हुनेछ ।
इच्छुक विद्यार्थीहरूले जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतमा अध्ययनका लागि आवश्यक आवेदन प्रक्रिया, छात्रवृत्ति, भाषा परीक्षा तयारी, भिसा प्रक्रिया लगायतका विषयमा जानकारी लिन सक्नेछन ।
“विदेश जाने सोचमा रहेका विद्यार्थीहरूले एकैदिन विभिन्न देशमा आवेदन प्रक्रिया सुरु गर्न सक्ने यो सुनौलो अवसर भएको सक्सेस अवोर्ड स्टडि बनेपाका सिइओ उद्धब प्रसाद तिमल्सिनाले बताए, साथै यस्ता प्रकारका कार्यक्रमबाट बिद्यार्थीहरुलाई अध्ययन गन्तव्य पहिल्याउन मद्दत पुग्ने भएकाले २२ गतेको कार्यक्रममा सहभागी भइ मौकाको फाइदा उठाउन अनुरोध गरे ।
कार्यक्रम निःशुल्क रहेको छ र हालसालै +२ वा स्नातक पूरा गरेका विद्यार्थीहरूका लागि लक्षित गरेर यो कार्यक्रम गरिएको उनले बताए ।