बिगत एक दशक देखि सांगीतिक क्षेत्रमा सक्रिय रहेर दर्जनौ सुमधुर गितहरु मार्फत लाखौँ दर्शक श्रोताहरुको मन जित्न सफल लोकप्रिय गायक विश्वराम कार्की एक सक्रिय समाजसेवीको रुपमा समेत परिचित छन्। काभ्रेपाल्चोक बनेपाका स्थायी बासिन्दा कार्की काठमाडौँलाइ कर्मथलो बनाएर विभिन्न क्षेत्रमा सक्रिय रहेर देश र जनतालाइ सेवा गर्दै हजारौं पिडित नेपालीहरु दु:खको घाउमा मलम पट्टि लगाउन सफल भएका छन् । उनै गायक तथा समाजसेवी तथा मोडल विश्वराम कार्की संग संचारकर्मी अरविन्द्र गौतमले गरेको संक्षिप्त कुराकानी :

१. अहिले केमा व्यस्त हुनुहुन्छ ?

भर्खरै मात्र “तिमि त अचेल” को म्युजिक भिडियो आएको छ। दर्शक श्रोताको माया पाईरहेको छु र चाडैंनै मेरो नयाँ गीतको म्युजिक भिडियो लिएर आउने तयारिमा छु।

२. संगित क्षेत्रमा चर्चा कमाइसक्नु भएको छ । तपाईको संगित क्षेत्रको यात्राका बारेमा बताउन मिल्छ ?

बिगत एक दशकको कठिन संघर्ष र तपस्या पश्चात् अहिलेको स्थितिमा आएको छु । एक समय मेरो लागि गाय बन्नु केवल एक सपना जस्तो मात्र थियो । काठमाडौँमा संगित सिकेर अघि बढ्नु अवश्य पनि आफैंमा कम्ती चुनौतीपूर्ण कुरो होइन । संघर्षका ती अप्ठ्यारा दिनहरुमा मलाइ साथ् दिने सम्पूर्णमा आभार ब्यक्त गर्न चाहन्छु । त्यस्तै मेरो परिवार जसले सधैं मेरो साथ दियो सबै प्रती कृतज्ञ छु ।

३. कोभिड-१९ को असरले खासै नयाँ म्युजिक भिडियोहरु आएनन् । तर, तपाईंले यही बीचमा कसरि म्युजिक भिडियोहरु निकाल्नुभयो ?

यो बारेमा मेरो छुट्टै धारणा छ । सधैं मान्छे उकुसमुकुसमा बस्न सक्दैन, मान्छेको चाहाना परिवर्तनशिल छ र उसले निकास पहिल्याउँछ । मान्छेहरुले शोकलाई शक्तिमा बदलेर अघि बढ्ने दृढ संकल्प लिएन भने परिवर्तन असम्भव छ । त्यसैले मैले एउटा ट्रेन्डको विकासको लागि पनि यो रिस्क लिन चाहें । म्युजिक भिडियोहरु बनिरहेका छन् तर पहिले जस्तो उल्लेखनिय रुपमा म्युजिक भिडियोहरु बनेका छैन। आशा गरौ चाडैं हामी पुरानो स्थितिमा फर्किनेछौ।

४. यो क्षेत्रमा आउन चाहाने नयाँ गायक गायिकालाई के भन्न चाहानुहुन्छ?

सबैलाइ यो क्षेत्रमा स्वागत गर्न चाहन्छु, तर यो क्षेत्र राम्रो संग बुजेर आउनुहोला। आफु संग भएको कला, क्षमता र अभिनयलाइ निखार्नुहोस । संगीतमा सधान हुनु पर्छ भने समय अनुसार हामीले दर्शक श्रोतालाइ मनोरंजन दिन सक्नु पर्छ। तर यहाँ स्वार्थिहरुको झुण्ड छ, त्यसबाट बच्न सक्नु हुन्छ भने मात्र आउनुहोला।

५. प्रेम के हो तपाईंको बिचारमा, कतिको आयो प्रेम प्रस्ताव ?

प्रेम भनेको दुई आत्माको मिलन हो । प्रेम सबै संग हुन्छ आमाबुवा, दाजुभाई, दिदीबहिनी, साथीसंगी आदि ईत्यादीमा तर अहिलेको सोचाईमा एक जना केटाले केटीलाई र एक जना केटीले केटालाई मन पराउने माया गर्नु मात्र प्रेम हो भन्छन् । प्रेम प्रस्ताब त धेरै आउछन तर हामीले सम्हालिन सक्नु पर्छ।

६. गीत संगीतको क्षेत्रमा लागेर पाएको उपलब्धि के हो भन्ने लाग्छ ?

पहिलो उपलब्धि भनेको आत्मसन्तुष्टि । योभन्दा ठूलो उपलब्धि अरु केही हुन सक्ने कुरै भएन । विश्वभरका नेपालीहरुले र अरुले पनि कलाकारका रुपमा चिन्छन्, यो पहिचान पनि उपलब्धि हो । यसमा खुशी लाग्छ ।

७. संगीत संगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ, कसरि समय ब्यबस्थापन गर्नुहुन्छ ?

– समय ब्यबस्थापन गर्न मन, इच्छाशक्ति र काम गर्ने उर्जा हुनुपर्छ, समय आफै ब्यबस्थापन हुन्छ। मैले निम्न आर्थिक अबस्था भएका दुखि पिडित, अनाथ, बृद बृदाहरुलाई सहयोग गर्दै आएको छु । म एकदम कोमल हृदयको पुरुष हुँ, अरुको दुख पिडा देख्न सक्दिन। हामि सामाजिक प्राणि भएर जन्मे पछि समाजको लागि समेत ठोस योगदान पुर्याउनु पर्छ जस्तो लाग्छ तसर्थ मैले विभिन्न माध्यम बाट आफुले सक्ने सहयोग गर्दै आएकी छु। लकडाउनको समयमा खाना वितरण देखि राहत वितरण सम्मको कार्यहरु गरेको छु। मानिस आफैले चाहेर कोहि पनि अनाथ र गरिब हुने होइन त्यसैले आफुले आर्जन गरेको रकम बाट केहि प्रतिशत सामाजिक कार्यमा लगाउने गरेकी छु। अरुको लागि बाच्नुमा पनि आत्मासंतुष्टि मिल्छ।

८. अन्तमा, आफ्ना दर्शक/स्रोताहरुलाई के भन्नै पर्ने कुरा ?

सबै कलाकारलाई स्रोता/दर्शकको माया आवश्य पर्छ । नेपाली गीत संगित र श्रष्टाहरुलाई माया गरिदिनहोस भन्न चाहान्छु । दर्शक र श्रोताको मायाले नै कलाकार तथा श्रष्टाहरु अगाडि बढ्न सक्छन् । राज्यले पनि कलाकारलाई ‘राष्ट्रको गहना’ त भन्छ, तर कलाकारको प्रबर्धनमा खासै केहि गरेको छैन । सबै कलाकारहरुलाई उत्तिकै माया गरिदिनुस भन्न चाहान्छु ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..