लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ आई, नेपालद्वारा लायन वर्ष २०२५/२०२६ को लागि आयोजित एकदिने PVST Officer Schooling कार्यक्रम यही जेष्ठ १५ गते (बिहिवार) काठमाडौँस्थित स्मार्ट दरबार होटल मा भव्यतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा बागमती एरियाका नव नियुक्त अध्यक्ष, उपाध्यक्ष, सचिव तथाकोषाध्यक्षहरूको उपस्थितिमा, उनीहरूलाई आ-आफ्नो जिम्मेवारीप्रति थप दक्ष बनाउने उद्देश्यले नेतृत्व विकाससम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिएको थियो। यस प्रशिक्षणलाई बिशिष्ट लायन्स लिडरहरूद्वारा आकर्षक र प्रभावकारी रूपमा संचालन गरिएको थियो।
कार्यक्रमको अध्यक्षता मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा LCIF एरियाल लिडर एवं International Director Indorse का उम्मेदवार लायन राजन लम्साल, PDG तथा पोखरा महानगरपालिकाका मेयर लायनधनराज आचार्य, Past District Governor लायन इन्दु लम्साल, PMCC तथा PDG लायन मन बहादुर रोक्का, PDG लायन राम बहादुर बसेल, IPDG तथा मोटिभेशनल स्पिकर लायन चन्द्र कुमार के.सी, तथा District Governor लायन विनोद ढुंगाना लगायतका विशिष्ट लायन्स लिडरहरूको गरिमामय उपस्थितिले कार्यक्रमलाई थप प्रभावशाली बनायो।
“Serve, Lead, and Rise” भन्ने नारालाई आत्मसात गर्दै, मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले आफ्नो एक वर्षे कार्यकालमा महिला, बालबालिका तथा युवाहरूका सवालमा विशेष जोड दिँदै स्वास्थ्य, शिक्षा, वातावरण,दिँदै स्वास्थ्य, शिक्षा, वातावरण, महिला सशक्तीकरण र कृषिको क्षेत्रमा उल्लेखनीय सामाजिक कार्यहरू अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। हाल ३२५ आई मा रहेका २६६ वटा क्लबलाई विस्तार गर्दै १०० भन्दा बढी नयाँ क्लब स्थापना गर्ने लक्ष्य समेत उहाँले सार्वजनिक गर्नुभयो।
लायन्स डिष्ट्रीक्ट ३२५ आई नेपालकै सर्वाधिक ठूलो र प्रभावशाली डिष्ट्रीक्ट हो, जसले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरमा आफ्नो गौरवपूर्ण पहिचान स्थापित गर्दै आएको छ। आगामी वर्षमा पनि नयाँ कीर्तिमानहरू स्थापित गर्नेदृष्टीकोणसहित यो डिष्ट्रीक्ट अगाडि बढिरहेको मनोनीत डिष्ट्रीक्ट गर्भनर लायन पार्वती खरेल पाण्डेले बताउनुभयो। बागमतीमा सुरुभएकाे स्कुलिङकाे सभाअध्क्ष बर्तमान डिष्टूक गभर्नर बिनाेद ढुङ्गानाले गर्नु भएको थियोे ।