काभ्रेपलान्चोक – काभ्रेको चौंरीदेउराली गाउँपालिका र रामेछापको सुनापति गाउँपालिका जोड्ने नेपालकै दोस्रो लामो झोलुंगेपुल निर्माण हुने भएको छ ।

दुवै गाउँपालिकाले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न चौरीखोलामा झुलुङ्गे पुल निर्माण गर्ने प्रस्ताव पारित गरेको छ । झोलुंगेपुलपुल निर्माण गर्नको संघीय सरकारले यस आर्थिक वर्षको विस्तृत आयोजना प्रतिवेदन (डिपिआार) तयार गर्नको लागि २१ लाख रुपैयाँ विनियोजन गरेको छ ।

सुनापति गाउँपालिका–४ बेथानको डहु स्थिति हरिडाँडा (डोजरडाँडा) र काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर ७ कुडाँरी स्थित मानेडाँडा मुनि करिब चार सय मिटर लामो पुल निर्माणको प्रस्ताव गरिएको छ ।

सुनापति गाउँपालिकाको समन्वयमा झोलुंगेपुल पुल निर्माणको लागि काम अगाडि बढाउने तयारी भएको सुनापति गाउँपालिकाका सब–इन्जिनियर सानुबाबु श्रेष्ठले बताए । उनका अनुसार पुलको डिपिआर तयार गरेर निर्माणको लागि प्रदेश सरकार र संघीय सरकारमा पठाइनेछ ।- फोटो फाइल

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो