

काभ्रेपलान्चोक – वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको भुम्लु गाउँपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै भुम्लुका स्थानीयहरु सँग एमालेका उम्मेदवारहरुले भेटघाट कार्यक्रम लाई तिब्रता दिएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक संगठन काभ्रेको कार्यालयमा बनेपा र धुलिखेलमा बसोबास गर्दै आएका भुम्लु बासीहरुसँग नेकपा एमाले भुम्लु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम लामा र कल्पना श्रेष्ठले भेटघाट गरेर सुर्य चिन्ह लाई भोट माग्नु भएको छ ।




चुनावी प्रचार–प्रसारसँगै बनेपामा बसोबास गर्दै आएका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन भुम्लु गाउँपालिका अध्यक्ष पदको उम्मेदवार प्रेम लामा , उपाध्यक्ष पदको उम्मेदवार कल्पना श्रेष्ठ बनेपा पुगेका थिए । उम्मेदवार प्रेम लामाले कार्यक्रममा बोल्दै युवाहरु लाई गाउँमा नै स्वरोजगारको व्यवस्थापन गर्ने बताउनु भयो । उहाँले गाउँ छोडनु पर्ने बाध्यता लाई निर्मुल पार्नुको साथै गाउँमा नै उद्योगहरुको स्थापना गरेर जनताको जीवन स्तर उकास्न विशेष रुपमा लाग्ने बताउनु भयो ।


उता उम्मेदवारहरु लाई बनेपा बसोबास गर्दै आएका भुम्लुका स्थानीय बासीले विशेष गरि गाउँको बिकासमा जोड दिन अनुरोध गरेका छन्। एमालेले स्थानीय तहमा धेरै बिकास गरेको हुनाले भोट सुर्यमा नै हाल्ने बताएका छन् । उक्त भेटघाट कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो भने अन्य २५० जना लाई छुट्टाछुट्टै भेटघाट गरिएको लामाले बताए ।