काभ्रेपलान्चोक – बहादुर त्यो होइन जो डराउँदैन, बहादुर त्यो हो जो डरका बाबजुद पनि अघि बढ्न सक्छ । हो यही भनाइलाई आफ्नो जीवनको हरेक पल आत्मसात् गर्दै अगाडि बढ्दै छन् सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हे क्वा काभ्रेमामा कार्यरत सप्रज सुजन ढकाल ।

काभ्रेकै मण्डन देउपुर नगरपालिका– ६ सिपाघाटमा ३० वर्षअघि जन्मिएका ढकालले एपिएफमा भर्ना भई देश सेवामा लागेको ९ वर्ष बितिसकेको छ । यसबीच उनले दर्जनाैँ विपद्हरुमा प्रत्यक्ष सहभागी भई काम गरी केही व्यक्तिहरुलाई पुर्नजीवन दिए । केही व्यक्तिको शव परिवारलाई बुझाइसकेका छन् । काभ्रे जिल्लामा २०७५ सालबाट आएको सो गणले करिब ३ दर्जनभन्दा बढी काभ्रेलीको प्रत्यक्ष विपद्मा उद्धार कार्य गरिसकेको छ ।

संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो आफैलाई दाउमा राखेर दोस्रो व्यक्तिको लागि कठोरता र साहसीका साथ हितको काम गर्छन् । खुशी कुन शब्दमा व्यक्त गर्ने जहाँ यस जगत भरको शब्दहरू जम्मा गरेर प्रसंसा गरे पनि कम हुन्छ ।

आईतबार दिउँसो बनेपा चारदोबाटो नजिकै रहेको ०७८ साउन महिनाबाट मात्रै सञ्चालनमा आएको सेतीदेवी एग्रोटेक उद्योगको अन्डरग्राउण्डमा रहेको १८ हजार लिटर क्षमताको टैंकीबाट पशु आहरा बनाउन प्रयोग गरिने खुदो निकाल्न पसेका कामदार राजु गौतम अक्सिजन कम भएपछि त्याहाँ फसेका उनलाई निकाल्न उद्योग मालिक उद्धव चौलागाईले गौतमलाई त निकाले तर सो ट्याङ्कीमा अक्सिजनको मात्रा सून्य र खुदोको गन्धकको कारण बेहोस हुन पुगे ।त्यस लगत्तै उक्त उद्योगमा काम गर्ने कामदारहरुले स्थानियहरुलाई र चौलागाँई फसिरहेको बताए । र सो सूचना बनेपास्थित चारदोबाटो चोकमा डिउटी गरिरहेका शसस्त्र प्रहरी बललाई निशान बैद्य र हरि कर्मचार्यले खबर गरे । सोही खबरको आधारमा टोलीका कमाण्डरः सप्रनानि निरबहादुर माझी र मुख्य उद्धारकर्ताः सप्रज सुजन ढकाल सहित आधा दर्जन प्रहरी र २ दर्जन स्थानियहरुले उनलाई निकाल्न हर प्रयास गरिरहे ।

जतिबेला चौलागाँई फसेको २४ मिनेट बितिसकेको थियो । त्यसै बीच मुख्य उद्धारकर्ता बहादुर प्रहरी जवान सूजन ढकाल समयमा भित्र छिरे र पटक–पटकको प्रयासपछि फसेका चौलागाँईलाई निकालियो । जतिबेला १ बजेर ५४ मिनेट गईसकेको थियो । उनी बेहोस अवस्थामा अनुहार बाहेकको सबै भाग खुदोले भिजेको अवस्थामा थिए ।

 

लगत्तै उनका उद्योगी सहयोद्धा सुमन चौलागाईले बनेपा नजिकै सिरमेमोरियल अस्पतालमा २ मिनेट बीच पुर्याउन सफल भए र ईमरजेन्सी वार्डमा रहेका डाक्टरहरुले अक्सिजन लगाईदिए । त्यसपछि लुगाहरु सफा गरेर उपचारको सुरुवात गरे । अन्ततः ४५ मिनेटको अथक प्रयासपछि चौलागाई होसमा आए र सबैमा खुशीयाली छायो ।

यो घटना हेर्दा कतै प्रहरीले डेमो दखाए जस्तो देखिए पनि आइतबार दिउँसोको यथार्थ घटना थियो । यस्तै केही महिनाअघि सुनकोशी नदीमा पौढी खेल्न गएका बेपत्ता युवकको खोजी र भकुण्डेमा सुमो दुर्घटनामा च्यापिएका घाइतेको उद्धार र ईन्द्रावती नदीमा आत्महत्या गर्न हाम फालेकी एक महिलाको सकुसल उद्धारमा पनि उनै बहादुर जवान सुजन ढकाल सहभागी थिए ।

उनी भन्छन्, ‘यो हाम्रो कर्तव्य पनि हो हामी मानिसको अन्तिम समयसम्म पनि आशा जगाउने काम गरिरहनेछौँ, डरसँग हामीले सम्झौता गर्छौँ र त यस्तो सफलता प्राप्त गर्न सक्दछौँ, यसमा सबै जनाको भूमिका उत्तिकै महत्वपूर्ण छ ।’ समयमा नै सूचना गरि उद्धार गरि अस्पताल पठाउन सकिएको कारणले उनकोे पुनः जीवन प्राप्त भएको स्थानियहरुले बताए ।

यसैबीच सोमबार अस्पतालबाट घर फर्किएका चौलागाईले आफूमाथि गरेको उपकारको बदलामा आफू सशस्त्र प्रहरी बलको टिम स्थिानिय र अस्पतालप्रति जीवनभर ऋणी रहेको भन्दै भावुक हुँदै विशेष भूमिकामा रहुनेहरू सुजन, अस्पतालका कर्मचारी, सूचना दिने सूचकहरु, साथै सबै उद्धरकर्ताहरूहरुलाई भगवान्को उपनामले पुकारेका छन् उनले घटनाबारे भने, ‘म त्यो ट्याङ्कीमा छिरेपछि के के भयो थाहा पाईनँ, मैले आफूलाई गुमाईसकेको ठानेको थिएँ, तर म अचानक अस्पतालमा पाएँ, यो तपाईहरु सबैको कृपादृष्टिले पाएको उपाहार स्वरुपको नयाँ जीवन हो ।’

सिन्धुली रामेछाप र काभ्रे जिल्ला हेर्दै आएको सशस्त्र प्रहरी बलको टोलीका प्रमूख प्रहरी उपरीक्षक (एसपी) महेश केसीले प्रहरीको यो युनिटमा मानव संसाधन र तत्काल गर्नुपर्ने रेस्क्युमा उपकरणहरु अभाव रहेको बताएका छन् । उनले काभ्रे जिल्लाको विभिन्न ठाउँमा एपिएफको डिजास्टर मेनेजमेन्टको टोलीले डिउटी गरिरहेको र केही विपद् र आपत परे १११४ टोल फ्रि नम्बरमार्फत र नजिकै एपिएफ देखिहाले पनि घटना दुर्घटना बारे रेस्क्युको लागि जानकारी गराउन सकिने बताए ।
उपरीक्षक केसीले आईतबारको घटनामा ठूलो दुर्घटना हुनबाट टार्न सकिएकोमा सबैमा धन्यवाद दिँदै यसरी कतै घटना या दुर्घटना भइहाले तुरन्तै खबर गरी सम्बन्धित निकायहरुमा पुर्याउन अनुरोधसमेत गरेका छन् । उनले भने, ‘सही सूचना समयमा नै पुर्याउन सकिए ठूलो दुर्घटना पनि टार्न सकिन्छ भन्ने कुराको यो उदाहरण पनि हो ।’  – सौर्य अनलाइन बाट

 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..