धुलिखेल नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्ने धुलिखेल रत्नबाट डा.दिपक श्रेष्ठ सम्मानित भएका छन् । धुलिखेल अस्पतालमा कार्यरत श्रेष्ठलाई अनुसन्धान, सामाजिक तथा सामूदायिक क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएवापत सम्मान गरिएको हो ।

स्थापना दिवस समारोहका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं पुर्वमन्त्री गोकुल बाँस्कोटा र नगर प्रमुख अशोक व्यान्जुले सम्मान प्रदान गरे । यस्तै पुर्व नगर उपप्रमुख विमला शर्मा चौलागाईंलाई धुलिखेक नक्षत्रबाट सम्मान गरियो । नगर उपप्रमुखको रुपमा धुलिखेलको समग्र विकासमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

यस्तै गायिका योजना खड्कीलाई धुलिखेल प्रज्ञाश्री, काठमाडौं विश्वविद्यालयलाई धुलिखेल सेवाश्रीबाट सम्मान गरिएको छ भने धुलिखेल ताराबाट जिआइजेट, खेलाडी पुष्पलाल श्रेष्ठ, सम्पदा संरक्षणकर्मी आमोदनाथ प्याकुरेल, अखिल नेपाल फूटबल संघ एन्फा, शिक्षक चुनियालाल श्रेष्ठ, इन्जिनियर रोजन ताम्राकार र शिक्षक अशोक घिमिरे सम्मानित भए । धुलिखेल नगरपालिकाले ऐन नै बनाएर यस्तो सम्मान प्रदान गर्दै आएको छ ।

कार्यक्रममा सातजना कर्मचारीलाई दीर्घ सेवा सम्मानबाट सम्मानित गरियो ।

धुलिखेलमा फिल्म सिटी बन्ने

स्थापना दिवसकै अवसरमा धुलिखेलमा फिल्म सिटी निर्माणका लागि प्रारम्भिक समझदारी भएको छ । नगरपालिका र चलचित्र विकास बोर्डबीच समझदारी भएको हो । समझदारीपत्रमा नगर प्रमुख अशोक व्यान्जु र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले हस्ताक्षर गरेका छन् । फिल्म सिटी निर्माणका लागि नगरपालिकाले बोर्डलाई वडा नं ८ को एक हजार ३ सय रोपनी जग्गा उपलब्ध गराउने छ । कार्यक्रममा बोर्ड अध्यक्ष डिसीले यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुने वताए । प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको उनले वताए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नगर प्रमुख अशोक व्यान्जुको नेतृत्वमा धुलिखेलले असाधारण उपलब्धी हासिल गरेको वताए । नेपालकै पहिलो स्वस्थ शहर बन्नु, दीगो विकास लक्ष पूरा गर्न निरन्तर लागिपर्नु, गरिबीको दर घटाउन नगरले गरेका काम गौरवगर्न लायक रहेको बाँस्कोटाले वताए ।

नगर प्रमुख व्यान्जुले नगरबासीले विश्वास गरेर दिएको जिम्मेवारि इमान्दारितापुर्वक बहन गरेको भन्दै धुलिखेलबासीले गौरव गर्न लायक नगर बनाउने अभियानमा रहेको र सफलता हासिल गरेरै छाड्ने वताए । गरिबको संख्या १४ प्रतिशतबाट ४ प्रतिशतमा झार्न सफल भएको जानकारी दिँदै ब्यान्जुले बाधा र अवरोध छिचोल्दै सबैको साथ र सहयोगले सफलता हासिल गरिरहेको वताए ।

नगर उपप्रमुख निराजन जंगमले खानेपानी, गुणस्तरीय शिक्षा, पर्यटनको विकास लगायतमा नगरपालिकाले नमुनायोग्य काम गरिरहेको वताए ।

 

तपाईको प्रतिक्रिया

चार वटा प्रधानमन्त्री बनेपछि धुलिखेलदेखि खावासम्मको चार किलोमिटर बाटो नबनेको भन्दै असन्तुष्टि gokul