



धुलिखेल, सञ्चारकर्मी नवराज बजगाईलाई श्रीकृष्ण जन्माष्टमीमा प्रणामी समाजले सम्मान गरेको छ । शनिबार धुलिखेल–९, काभ्रेभञ्ज्याङमा आयोजित श्री कृष्ण प्रणामी इकाई सेवा समिति धुलिखेल न.पा.–९, काभ्रेको मन्दिरको सम्पूर्ण निर्माण कार्यलाई पुर्णता र अक्षयकोष निर्माणका लागि एक महिनासम्म आयोजित पुण्य वीतक चर्चा कथा समापन तथा वार्षिक कार्यक्रमको अवसरमा पत्रकार नवराज बजगाईलाई बिशेष सम्मान गरिएको हो ।
पत्रकारिता मार्फत धर्म, सस्कृती, कला, साहित्य र समाजसेवामा पु¥याएको योगदान बापत पत्रकार बजगाईलाई सम्मान गरिएको श्री कृष्ण प्रणामी इकाई सेवा समितिका सचिव राजन प्रसाद हुमागाईले बताउनु भयो । पत्रकार बजगाईलाई पं.तुलसी प्रसाद कोइराला, प्रमुख कथा वाचक पवित्रा ढकाल, सेवा समितिका अध्यक्ष नवराज होमागाई, सामाजिक व्यक्तित्वहरु रमेश प्रसाद हुमागाईलगायतले सम्मान गर्नुभएको थियो । समारोहमा समाजसेवीहरु बिदुर बहादुर बस्नेत, रामचन्द्र दाहाल, दिपा गुरुङलगायतलाई पनि सम्मान गरिएको थियो ।
विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाई प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, पत्रकार महासंघ काभ्रेका पूर्व उपाध्यक्ष, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका छन ।



