कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, मंसिर ४ मा सारियो

# कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, मंसिर ४ मा सारियो
काभ्रे प्रेस
काभ्रे प्रेस || सोमबार, मंसिर ०१, २०८२
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित, मंसिर ४ मा सारियो

काठमाडौं :- नेपाली कांग्रेसको आजका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक मंसिर ४ गते बिहीबारका लागि पुनः तय गरिएको जानकारी दिए।

महाधिवेशनलगायत आन्तरिक विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको बताइएको छ। स्थगित बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूको उपस्थिति रहनेछ।

बिज्ञापन

प्रतिक्रिया दिनुहोस !
सम्बधित पोस्ट
up