काभ्रेपलान्चोक – आज श्रावण १८ गते श्रावण महिनाको आधाउधी बितिसक्दा श्रावणको मुख्य व्यवसाय बनेको चुरा मेहेन्दीको व्यापारले अहिले त्यो व्यवसायका व्यापारी मख्ख छन् । यो सिजनमा हरियो सामग्री चुरापोते र मेहेन्दी व्यापार ह्वातै बढेको छ ।
बनेपाकी सुनी दाहालले हातभरि हरियो चुरा र मेहन्दी लगाएको १७ दिन भइसकेको छ । साउन महिनामा महिलाहरूले हरियो चुरा र मेहन्दी लगाउने प्रचलन भएकोले आपूmले हरियो चुरा र मेहेन्दि लगाएको उनी बताउँछिन ।
मण्डन देउपुरकी उमा गौतमले पनि आफूलाई मन पर्ने चुरा पसलमा छनोट गरिराखेकी थिइन् । उनकी संगी दिपिकाले तिम्रो हातमा पहेंलो, हरियो र क्रीम रङको चुरा सुहाउँछ भन्दै चुरा छान्न सघाइरहेकी थिइन् ।
उनीहरु मात्रै होइन साउनमा प्रायः सबैे विवाहित, अविबाहित महिलाले हातभरि चुरा लगाउँछन् । त्यसैले साउन महिना महिलाहरूका लागि कुनै उत्सव र चाडभन्दा कम हुँदैन । विशेषगरी विवाहित महिलाहरूले यो महिनामा हातभरि हरियो चुरा र मेहेन्दि लगाउँछन् । बिहेवारी वा लगनका बेला सामान्य मानिने चुरा र मेहन्दीको व्यापार साउनमा अत्यधिक फस्टाउँछ । जिल्लाका नगर तथा शहरोन्मुख ठाउँमा हरियो चुरा र मेहेन्दि किन्ने महिलाहरूको भीड नै हुने गर्दछ ।
साउन महिनामा प्राय ः सबैे विवाहित महिलाले हातभरि हरियो र पहेंलो चुरा तथा मेहेन्दि लगाउने चलन बढ्दै गएको छ । चुरा सौभाग्यको निशानी हो भन्ने धारणा अधिंकाश महिलाहरूको छ । तर सौभाग्यवती महिला मात्र होइन, आजभोलि अविवाहित केटीहरूमा पनि सुन्दर र राम्रो पति प्राप्तिका लागि साउन महिनामा हरियो र पहेंलो चुरा तथा हातमा मेहेन्दि लगाउने चलन बढेको छ ।
विस्तारै यसले फेशनको रुप लिएको बताउँछिन काभ्रे क्याम्पसकी एक छात्रा । त्यसैले साउनमा चुरा र मेहन्दीको माग उच्च हुने चुरा व्यावसायीहरू बताउँछन् । अहिले काभ्रेमा मात्र दैनिक ५ देखि १५ हजार रुपियाँ मूल्य बराबरको चुरा र मेहेन्दिको व्यापार हुने गरेको अनुमान चुरा व्यवसायीहरूको छ । साउनमा प्राय ः सबै महिलाले हरियो चुरा र मेहेन्दि खोज्ने हुनाले सबैभन्दा बढी यसको व्यापार यही बेला हुने व्यवसायीहरूको दाबी छ ।
दुई–तीन वर्ष यतादेखि साउनमा हरियो चुरा र मेहेन्दि लगाउने चलन ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् । हिन्दू धर्मानुसार विवाहितहरूले मात्र चुरा लगाउँथे । मेहेन्दि लगाउने चलन त पूरै भारत वर्षको संस्कृति हो, उनीहरु थप्छन–हिन्दी सिरियलहरूको बाढीले पनि नयाँ पुस्तालाई यसप्रति बढी आकषिर्त गरेको हुन सक्छ । यो महिनामा महिलाहरू कोसेलीको रूपमा पनि एकले अर्कालाई हरियो चुरा बाँड्ने गर्छन् ।
कस्तो डिजाइन र कुन रङको चुरा लगाउनेबारे एकपल्ट सोच्ने गर्दछन् र आफ्नो रोजाइ अनुसारको डिजाइन एवं रङको चुरा लगाउँछन् । बजारमा विभिन्न डिजाइन, प्रकार, आकार र रङका चुरा उपलब्ध छन् । त्यसैले कुन डिजाइन, प्रकार र रङका चुरा लगाउने भन्ने समस्या पनि छ । धेरैले रातो, पहेंलो, हरियो, गुलाबी र क्रीम रङको चुरा प्रयोग गर्छन् । बजारको प्रतिस्पर्धा सँगै अहिले गुणस्तरीय, टिकाउ र साडीसँग मेल खाने चुरा खोज्ने महिलाहरूको यहाँ कमी छैन । बजारमा गुणस्तरसँगै मूल्यमा पनि प्रतिस्पर्धा हुने गरेको छ । बजारमा अहिले दर्जनको २५ रुपियाँदेखि पाँच सय रुपियाँसम्मको चुराको व्यापार भइरहेको छ ।
चुरा र मेहेन्दिको बढ्दो व्यापार तथा प्रतिस्पर्धासँगै आम उपभोक्ता ठगिने पनि गरेका छन् । यो बेला व्यवसायीहरूले बढी मुनाफा आर्जन गर्न नक्कली र कम गणस्तरका चुरा र मेहेन्दि बेच्ने गर्छन् । यतिखेर बजारमा नक्कली र कम गुणस्तरको चुरा र मेहेन्दी छयाप्छाप्ती छ । नक्कली मेहेन्दि लगाउनाले विभिन्न प्रकारका छाला रोग लाग्ने चिकित्सकहरू बताउँछन् भने नक्कली चुराको रङ चाँडै जाने तथा अचानक टुट्ने हुन्छ । जसले गर्दा सस्तोको लोभमा आम उपभोक्ता ठगिने गरेका छन् ।
कतिपय ग्राहकले वास्तुशास्त्र अनुसार चुराको रङ छनोट गर्ने गरेका छन् । रातोले शुभलाभ र ऋिद्धिसिद्धि, पहेंलोले ज्ञान, बुद्धि र शिक्षा, नीलोले सुस्वास्थ्य तथा हरियोले प्राकृतिक र बौद्धिक उन्नतिको प्रतिनिधित्व गर्ने भएकाले ग्राहकहरू आफ्नो प्रकृति अनुकूल रङको चुरा खरिद गरेर लगाउने गर्छन् ।
पञ्चाङ्ग अनुसार सूर्यनारायणका दुई अयन (गति) उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक चाडपर्व शुरु हुन्छ । गाईजात्रा, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुशे औंसी, हरितालिका तिज, इन्द्रजात्रा, बडादशैं, दिपावली र छठ पर्वलगायत दक्षिणायनमा पर्छन् ।
साउन महिनालाई सनातन हिन्दू धर्मावलम्बीहरूले विद्या, धन, असल पति, पुत्र लाभ तथा पुत्र र पतिको दीर्घायुका लागि भगवान् शङ्कर अथवा शिवजीको व्रत, पूजा र आराधना गर्ने गरिन्छ । साथै यो श्रावण महिनामा ५ सोमबार पनि परेको छ, श्रावण महिना र यसमा पनि ५ सोमबारको विशेष महत्व रहेको पाइन्छ । – नव क्षितिज साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..