काभ्रेको बनेपामा नेवा नुक तथा स्नूकर संचालनमा आएको छ । शनिबार बाट नेवा नुक होटल तथा स्नुकर संचालनमा आएको हो ।

बनेपाको प्राधिकरण चोक भन्दा तल तिनदोबाटो जाने रोड गरिमा बचत तथा ऋण सहकारी संस्था संगै नेवा नुक तथा स्नूकर संचालनमा आएको हो।

बनेपाका धेरै मानिसलाई नेवारी खाजा खुवाउने उदेश्यले नेवा नुक तथा स्नूकर शुभारम्भ गरेको छ ।स्नूकर खेल्दै मज्जाले खाजा खान सकिन भएको छ । कोठा भित्र खेल्न सकिने युवाहरुमा लोकप्रिय मनोरन्जन युक्त स्नुकर खेल बनेपाका बिबेक बैजुले संचालनमा ल्याएका हुन् ।यस स्नुकर खेलका लागि अहिले ३ वटा विलियर्ड टेवल राखिएको र आवश्यकता अनुसार अन्य टेवलहरु थपिने संचालक बैजुले बताए ।

फरक स्वाद दिने उद्धेश्यसहित नेवारी खाजा तथा थकाली खाना नर्मल खाना, बर्गर पिज्जा लगायत खानेकुरा पाइने ग्राहकको अडर अनुसार सादा, चिकेन, मटन, माछा, बदेलका परिकार सहितको खाना सेट पाइने नेवा नुकका सञ्चालक निखिल राजबाहकले जानकारी दिए ।

‘बनेपामा थकाली किचनहरू थुप्रै छन्‚ त्यसमध्येमा पनि नेवा नुक तथा स्नूकरमा चाहिँ फरक स्वादका खानाहरू खान पाइन्छ अरु भन्दा सस्तोमा’‚ उनले भने‚ ‘हाम्रोमा मूल्य पनि महँङ्गो छैन‚ थकाली खानाको मौलिकता स्वाद पाउन सकिन्छ ।’ साथै स्नुकरको मज्जा लिन सक्नु हुने छ ।

ढिडोसहित खाना खसीको सुकुटी, ह्याकुला, लोकल कुखुरा, माछा, पनि पाइने मुख्य संचालक सुधीर बैधले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly