काभ्रेपलान्चोक – स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मुल नाराको साथमा प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजित रेफ्रि प्रशिक्षण कार्यक्रम सम्बन्धि पत्रकार सम्मेलन धुलिखेलमा सम्पन्न भएको छ ।

धुलिखेलको सनराइज होटलमा शुक्रबार पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न भएको हो। माघ २१ देखि २७ सम्म काभ्रेको धुलिखेलमा आधारभुत जिल्ला स्तरीय रेफ्रि कोर्श अन्तर्गत क्याटेगोरी-४ फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम संचालन हुने भएको छ । बागमती प्रदेश फुटबल संघको आयोजनामा रेफ्रि प्रशिक्षण कार्यक्रम काभ्रेको धुलिखेलमा हुने भएको हो ।

आज धुलिखेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बिषयमा जानकारी गराईएको थियो। कार्यक्रममा बोल्दै बागमती प्रदेश फुटबल संघका अध्यक्ष निरज श्रेष्ठले प्रदेश खेलकुद विकास परिषदको विशेष सहयोग तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा यहि माघ २१ गते देखि २७ गतेसम्म धुलिखेलमा फुटबल रेफ्रि प्रशिक्षण कार्यक्रम हुन लागेको बताए।

प्रशिक्षणमा विभिन्न जिल्ला बाट ४० जनालाई सहभागिता गराउने आयोजकले लक्ष्य लिएको छ। प्रशिक्षणका लागि प्रति ब्यक्ति ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। जसमा ७ दिन सम्मको प्रशिक्षण,खान ,बस्न ,ड्रेस र खेलकुद सामग्रीको ब्यबस्था आयोजकले गर्ने छ। दक्ष्य रेफ्रि उत्पादन गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागिएको बागमती प्रदेश फुटबल संघले जनाएको छ। हाल काभ्रेमा भने १३ जना अखिल नेपाल फुटबल संघले मान्यता दिएका रेफ्रिहरु रहेका छन्

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..