काभ्रेपलान्चोक – नेपाली हिन्दु महिलाहरुको महान पर्ब हरितालिका तिजको पूर्व सन्ध्यामा संचारकर्मी, समाजसेवी तथा कलाकार सुर्य चन्द द्वारा आयोजित दिदीबहिनीहरुको लागि “तिज बिसेष कार्यक्रम – २०७८” भव्यताको साथ सम्पन्न भएको छ। विभिन्न क्षेत्रमा आफुलाई अब्बल साबित गरिसकेका ५० जना भन्दा बेसी दिदीबहिनीहरुको साथमा मनाइएको तिज बिसेष कार्यक्रम – २०७८ मा प्रमुख अतिथि चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दाहाल रहनुभएको थियो। उक्त कार्यक्रममा संचारकर्मी सुर्य चन्दलाइ युवा ब्यबसायी, समाजसेवी अन्जु बुढाथोकी, बरिष्ट समाजसेवी प्रकाश कुमार श्रेष्ठ, बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ, बरिष्ट सौन्दर्यबिद, समाजसेवी सोनी कारंजित, फेसन डिजाईनर इन्ता श्रेष्ठले कार्यक्रम ब्यबस्थापनमा साथ दिएका थिए।  त्यसैगरि उपस्थित दिदीबहिनीहरुको लागि कस्टमेटिक सामानहरु उपहार स्वरुप प्रदान गरिएको थियो। कस्टमेटिक सामानहरुको प्रायोजन कलर एसेन्स कम्पनि, कम्पनिका कन्ट्री म्यानेजर रमेश उप्रेती, मणि कर्ण शाक्य तथा बि एण्ड डी प्रोफेसनल कस्ट्मेटिक र टिबिसी कम्पनि बाट धुर्ब राज भण्डारी र सन्दिप खनालले गरेका थिए।

कार्यक्रममा हरितालिका तिजको अग्रिम शुभकामना आदान-प्रदान गरिनुको साथै नाचगानको साथमा मनाईएको थियो।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly