लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । गरेका कार्यहरु हतपत नबन्ने साथै बनिहाले पनि मेहनत गरे अनुसारको फल नपाहिने योग छ । घरेलु समस्यामै अल्झनु पर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कुनै लाभदायक समाचार सुन्न पाइएला । साथी भाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ । खर्च धेरै नै बढ्ने छ । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । स्वास्थ्यमा ठुलै समस्या आउला साथै उपचारका लागी धेरैनै खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । धनको प्राप्ती होला । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अतिथिका रूपमा सम्मान समेत प्राप्त होला । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ । आज तपाइले नसोचेको ठाउबाट धन आर्जन गर्न सक्नु हुनेछ । साथीभाइले हरक्षण साथ दिने छन् भने मातापिताको आर्शिवाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सवारी साधन हाँक्दा सचेतना अपनाउनु होला । घरमा परपाहुना र अतिथिको आगमन हुन सक्छ । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ । कसैसंग झगडा हुन सक्छ । कामको बोझले थाकेको महसुस होला । गृहस्थीमा समस्या आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बाल बच्चाबाट पनि सुख सन्तोष प्राप्त हुनेछ । यात्राको समय छ । धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने स्थिति आउन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । स्वास्थ्यमा समस्या हुन सक्छ । नसोचेका समस्या देखिन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । दिन सामान्य नै रहेको छ । सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । स्वास्थ्य अनुकुल नरहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला । सवारी चलाउदा सावधानी अपनाउनुहोला । भीडमा धनमाल हराउन सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ । अन्न प्राप्तीको पनि योग छ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने दिन छ । सन्तानबाट सन्तोष प्राप्त हुनेछ । साथीहरूसित मनोरञ्जन गर्ने अवसर जुर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । नदन सामान्य बित्ला । उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । नचिताएको काममा पैसा भने खर्च हुने योग छ, सावधान रहनुहोला । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
जग्गा जमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान मिल्नेछ । आज पढाइ लेखाइमा राम्रो हुनेछ । सोचेका काम सजिलैसंग पुरा गर्न सकिनेछ । दैनिक कार्यमा ढिला सुस्ती वा अल्झन बेहोर्नुपर्ला । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..