काभ्रे । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको नयाँ सञ्चालक समितिको निर्वाचन भोली (बुधबार) हुँदैछ । निर्वाचन कार्यक्रमअन्तर्गत आज साँझ उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
अध्यक्षमा उम्मेदवारी दर्ता गराएकी कमला अधिकारीले उम्मेदवारी फिर्ता लिएपछि अब अध्यक्ष पदमा राजन शाक्य र अमन पोटे श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । शाक्य मोडेल बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधित्व गर्छन् भने पोटे बनेपा बचत तथा ऋण सहकारीको प्रतिनिधि हुन् ।
महिला उपाध्यक्षमा मिरा सत्याल र राधिका दाहाल घिमिरे, उपाध्यक्षमा ठाकुरनाथ अधिकारी र शान्ति लामा तामाङ तथा सचिवमा प्रकाश बन्जारा र यदुनाथ हुमेगाईंबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै कोषाध्यक्षमा अर्जुनप्रसाद सापकोटा र हिमाली श्रेष्ठ तथा ६ जना सञ्चालक सदस्यमा अनन्त सत्याल, अम्बिका तिमल्सिना, जगन्नाथ श्रेष्ठ, पूर्णसागर रंजित, बलराम मानन्धर, मोहनकुमार श्रेष्ठ, रोशनकुमार श्रेष्ठ, लक्ष्मण गौतम, सिद्धीलाल श्रेष्ठ, सुदर्शन अधिकारी, श्यामहरि सापकोटा र शिवप्रसाद ढुंगेल गरी १२ जनाको उम्मेदवारी परेको छ ।
महिला सञ्चालक ४ जना चाहिनेमा देवकी तिमल्सिना दाहाल एकजनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनी निर्विरोध भएकी छन् । यस्तै लेखा सुपरिवेक्षण समितिको महिला सदस्यमा उम्मेदवारी नै दर्ता भएन । लेखा सुपरिवेक्षण समितिको संयोजकमा गणेशप्रसाद भट्टराई र डिल्लीप्रसाद आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । लेखा सुपरिवेक्षण समितिको सदस्यमा प्रेमनाथ शर्मा कोइराला र पवनराज कर्णजीतबीच प्रतिस्पर्धा हुँदैछ