भुम्लु गाँउपालिकामा गठबन्धनको तर्फको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेकपा माओवादि केन्द्रका प्रेम बहादुर भुजेल बृहत र उपाध्यक्षमा नेपाली काग्रेशका जितेन्द्र मान तामाङ (दावा लामा) विजयी भएका छन् ।

वडा तहमा भने नेकपा माओवादि केन्द्र र नेकपा एकिकृत समाजवादि विच गठबन्धन भएको थियो । नेपाली काग्रेश र नेकपा एमाले एक्ला एक्लै निर्वाचनमा लडेका थिए । गठबन्धन तर्फको नेकपा माओवादि केन्द्रका अध्यक्षका उम्मेदवार प्रेम बहादुर भुजेलले ५७९२ मत प्राप्त गरि विजयी भएका थिए भने उनका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेम लामाले ४५६८ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा उम्मेदवार नेपाली काग्रेशका जितेन्द्र तामाङ(दावा लामा)ले ६०९८ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्षले ४०२९ मत प्राप्त गरेका थिए ।

भुम्लु गाँउपालिकामा १० वटा वडा रहेकोमा नेकपा एमालेले ३,४,६,७ र १० गरि ५ वटा वडा, २,५ र ९ गरि नेपाली काग्रेशले ३ वटा वडा र १ नं. वडामा नेकपा माओवादि ेकन्द्र र ८ नं. मा नेकपा एकिकृत समाजवादिले जित हाशिल गरेका थिए । पालिकास्तरिय निर्वाचनमा अन्य पालिकाको मतभार हेर्दा गठबन्धन दलामा ईमान्दारिता नदेखिएतापनि भुम्लुमा भने त्यस्तो देखिएन । 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..