काठमाडौं – आमा छोरी छमछमी नाचेको नृत्य प्रतियोगिता भीमेश्वर एकेडेमीमा सम्पन्न भएको छ ।

कागेश्वरी मनहरा वडा नं. ९ गोठाटारमा अवस्थित भीमेश्वर स्कुलले महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा आयोजना गरेको आमा छोरी तिज नृत्य प्रतियोगितामा विद्यालयमा अध्ययनरता छात्राहरुले आफ्नी आमासँगै छमछमी नाच्दै तीज नृत्य प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । प्रतियोगितमामा आफ्नी छोरीसँगै कम्मर मर्काइ मर्काइ आमाहरुले पनि उत्कृष्ट नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा स्मृति श्रेष्ठ र उनकी आमा रिता श्रेष्ठले उपाधी जित्दा छोरी संस्कृति भट्ट र आमा पवित्रा भट्ट द्वितीय तथा छोरी योजना गौतम र आमा अरुणा गौतम तृतीय हुन सफल भएका थिए भने छोरी आयुषा तथा आरुषी बुढाथोकी र आमा हिरा बुढाथोकीले सान्त्वना पुरस्कार पाउन सफल भएका थिए । प्रतियोगिताका विजयी आमा छोरीहरुलाई प्रमाण पत्र तथा नगदसहित विद्यालयका प्रिन्सिपल अमृत कुमार खड्काले सम्मान गरेका थिए ।

विद्यालयका प्रिन्सिपल अमृत कुमार खड्काको अध्यक्षतामा सम्पन्न तिज नृत्य प्रतियोगिता २०८१ तथा पुरस्कार वितरण कार्यक्रममा कागेश्वरी मनहरा नगरपालिकाका वडा नं. ९ का वडा सदस्य भगवति पाण्डे, प्रेस चौतारी नेपालका महासचिव सुरोजजंग पाण्डे, नेशनल प्याब्सन काठमाणै जिल्ला समिति कोषाध्यक्ष्ँ टंक थापा, नेशनल प्याब्सन काठमाण्डौ नगर समितिका सचिव सुनिल खत्री, सन्तोष कार्की स्मृति प्रतिष्ठानका उपाध्यक्ष शम्भु कार्की, सप्तकोशी विकास बैंकका संचालक लक्ष्मीनाथ घिमिरे, विद्यालय व्यवस्थापन समितिका सदस्य मन्दिरा बुढाथोकी लगायतको समुपस्थिति रहेको थियो ।

भीमेश्वर एकेडेमीको प्रांगणमा कागेश्वरी मनहरा नगरपालिकाका उप मेयर शान्ता थापाको प्रमुख आतिथ्यतामा आमा छोरी तीज नृत्य प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । एकेडेमीले गत बर्षबाट सुरु गरेको आमा छोरी तीज नृत्य प्रतियोगितालाई यसपटक पनि निरन्तरता दिएको विद्यालयका सहायक प्रिन्सिपल राजिव सेढाइंले जाकारी दिए । गत वर्ष झैं यस बर्ष पनि आमा छोरी तिज प्रतियोगितामा सहभागिता राम्रै रहेको सेढाइंले बताए । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक अमरकृष्ण चन्दले निर्णायकको भूमिका निभाएका थिए ।

यसैगरी कार्यक्रममा विद्यालयले विभिन्न समयमा आन्तरिक तर्फ आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल प्रदान गरेको थियो । विद्यालयका अतिरिक्त त्रियाकलाप अन्तर्गत हस्तलेखन, म्यूजिकल चेयर लगायतका विभिन्न खेलहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई कार्यक्रममा मेडल प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल अमृत खड्काले विद्यालयले विद्यार्थीहरुलाई मौलिक नेपाली कला, संस्कृति, परम्परा बारे समेत शिक्षा दिने उद्देश्य अनुरुप यस किसिमको कार्यक्रम गरिएको बताउँदै विद्यार्थीहरुको कला, प्रतिभा विकासलाई समेत मध्यनजर गर्दै यस किसिमको कार्यक्रम गर्दै आएको जानकारी दिए ।

तीज नृत्य प्रतियोगिताका कार्यक्रम संयोजक चन्द्रकला गौतमले मौलिक नेपाली संस्कृति र परम्परालाई संरक्षण सम्बद्र्धन गर्दै विद्यार्थीहरुलाई सो बारे जानकारी मूलक ज्ञान दिने उद्देश्यले विद्यालयले यो कार्यक्रम आयोजना गरेको बताए । गौतमले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा विद्यार्थीहरुलाई मौलिक तीजबारे जानकारी दिन समेत कार्यक्रम प्रभावकारी बनेको जानकारी दिए । कार्यक्रम सञ्चालन विद्यालयका सह प्रधानाध्यापक राजिव सेडाईले गरेका थिए ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly