युवा साहित्यकार तथा गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘भाग्य भित्र जीवन’ सार्वजनिक भएको छ । अञ्जु पन्तको स्वर, बाबुल गिरीको सङ्गीत तथा सङ्गीत संयोजन र दिनेश राजवाहकको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । निकै मार्मिक यो सार्वजनिक गीतमा एकल नारीका विभिन्न आरोह अवरोहलाई चित्रित गरिएको छ ।

गीतको भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । भिडियोमा रुपा मानन्धरको शृंगार, सुमन कार्कीको छायांकन, वन्देप्रसादको सम्पादन रहेको छ ।

फुलाराका यसअघि ‘जुनसरी बिलाई गयौं…’, ‘कस्तो भाइरस आयो…’, ‘हमेशा…’ जस्ता गीत लोकप्रिय रहेका छन् ।

यस्तै उहाँका ‘नफापेको मान्छे’ (उपन्यास), ‘टुहुरो कुण्डली’ (उपन्यास), ‘नेपाली भाषा र साहित्यको इतिहास : त्यहाँदेखि यहाँसम्म’, ‘ओरपान हरस्कोप’ अंग्रेजी पुस्तक जस्ता कृति पाठकमाझ आइसकेका छन् ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..