बनेपा – काभ्रे प्रदेश सभा २ (क) का उम्मेदबार ताराबहादुर कुँबरले लौरो चिन्ह लिएर निर्वाचनमा होमिदा गठबन्धन र एमालेका उम्मेबदारको टाउको दुखाई बनेका छन् ।

काभ्रेमा सबैभन्दा सकृय नै ताराबहादुर कँुबरले अहिले आक्रमक रुपमा चुनावी अभियान गरिरहेका छन् । सामान्य परिवारमा जन्मिएर अर्बाै रुपियाँको मालिक बनेका उनी भष्ट्राचार विरोधी अभियान्ता हुन् । चक्रपथ सरसफाइ अभियानको संयोजक भएर पनि उनले बिगत देखिनै काम गरिरहेका छन् ।

सामाजिक सञ्जालमा कडा रुपमा उत्रिएका उनले कसैको विरोध गरेका छैनन् । तर आफ्नो विचार प्रष्टसँग राखेका छन् । उनले आफूलाई नभएर आफ्नो एजेन्डालाई जनतासामु प्रष्ट्रसँग राखेका छन् ।

मानिसको जीवनसँग जोडिएका बिषयमा उनले खरो रुपमा उत्रिएका छन् । उनको सकृयताले परिणाम जे पनि हुन सक्ने आंकलन गर्न थालिएको छ । उनको अभियानमा लामबद्ध भएर लौरो चिन्हमा मत लाग्नेको संख्या दैनिक रुपमा बढिरहेको छ ।

उनले समक्ष नेतृत्व र भष्ट्राचारकोे विरोधीको रुपमा आफूलाई उभ्याउँदा चुनावी परिणाम नै फरक पार्न सक्ने सो क्षेत्रका मतदाता बताउँछन् । 

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..