काभ्रेपलान्चोक – बनेपा ५ स्थित आजाद माध्यमिक विद्यालयले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई अभिमुखीकरण संगै स्वागत गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, शिक्षक र विद्यार्थीहरुको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरी विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको हो । विज्ञान, व्यवस्थापन र शिक्षा संकाय भएको आजादको कक्षा ११ मा ५७ जना विद्यार्थी भर्ना भएका छन् ।

बनेपा नगरपालिकाको नगर उप-प्रमुख बिमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा, बनेपा नगरपालिका वडा नं ५ को वडा अध्यक्ष बलराम अधिकारी, बनेपा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज त्रिपाठी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा, विद्यालयका प्रिन्सिपल रामनारायण श्रेष्ठले विद्यालयको गतिविधिबारे प्रकाश पार्नु भएको थियो । विद्यालयको पठनपाठन , विद्यार्थी आचारसंहिता , शुल्क भुक्तानी लगायतका विषयमा श्रेष्ठले जानकारी दिनु भएको थियो ।

कार्यक्रममा उप-प्रमुख सापकोटाले विद्यालयले संख्यात्मक भन्दा गुणात्मक शिक्षामा जोड दिनु पर्ने बताउदै गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक र विद्यालयको समान दायित्व भएको हुँदा, त्रिपक्षीय रूपमा लगनशिल भै आफ्नो कर्तव्य निभाई कक्षा ११ को शैक्षिक सत्रलाई सफलता पूर्वक सम्पन्न गर्न हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..