नगरबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर नगरपालिकाले घरदैलोमै स्वास्थ्यका विभिन्न कार्यक्रमलाई अगाडी सारेको छ । नगरले स्वास्थ्य बिमा गरेका सुगर र प्रेसरका ज्येष्ठ नागरिकको वडा स्तरमै रगत परीक्षण गर्ने र औषधी वितरण गर्न सुरू गरिएको स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले जानकारी दिए ।

बिरामी भएका जेष्ठ नागरिकलाई अस्पतालसम्म पुग्दा हुने समस्यालाई मध्यनजर गर्दै नगरले वडामा रगत परीक्षण तथा घर घरमै औषधी वितरण सुरू गरिएको शाखा प्रमुख केसीले बताए । उनका अनुसार धुलिखेल अस्पालका स्वास्थ्यकर्मी र नगरपालिकाको स्वास्थ्य शाखाले वडामै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको हो । १० वटा वडामा परीक्षण र औषधी वितरण सुरू गरिएको र बाँकी वडामा पनि छिट्टै थालनी गर्ने हुने स्वास्थ्य शाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..