जेनजी आन्दोलन घटनाको बयानका लागि जाँचबुझ आयोगले केपी ओलीलाई पठायो पत्र
काठमाडौँ । जेनजी आन्दोलन घटना जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ।

गत भदौ २३–२४ गते भएको जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले आइतबार ओलीलाई बयानका लागि पत्र पठाएको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।

बिज्ञापन

त्यस्तै, आयोगले सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ ।

केपी ओलीले भने सार्वजनिक रुपमै आफू बयान दिन नजाने बताउँदै आएका छन् ।