काभ्रेपलान्चोक – जिल्लामा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज ८३ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको पिसिआर परीक्षणमा बनेपा नगरपालिकाबाट १० जना महिला र ५ जना पुरुष, धुलिखेल नगरपालिकाबाट ४ जना महिला र ८ जना पुरुष, बेथानचोक गाउँपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र १ जना पुरुष, पनौती नगरपालिकाबाट ३ जना महिला र पाँचखाल नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष गरी ३८ जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा गरिएको एन्टिजेन परीक्षणमा बनेपा नगरपालिकाबाट १ जना महिला, नमोबुद्ध नगरपालिकाबाट १ जना महिला र बेथानचोक गाउँपालिकाबाट १ पुरुष गरी ३ जनाको रिपोर्ट पोजेटिभ आएकोे छ ।

 

तपाईको प्रतिक्रिया

बनेपाको समृद्धि महिला सशक्तीकरण|बनेपा नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको वृत्तचित्र