विद्यार्थीको हकहितका लागि अनेरास्ववियुले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ ।अनेरास्ववियु काभ्रेले सुपरनोभा तालिम केन्द्रसँगको सहकार्यमा विद्यार्थीहरुका लागि १० दिने नि:शुल्क तालिम गर्न लागेको हो ।

वेटर, वारिष्टा लगायत होटल व्यवस्थापनसम्वन्धी तालिम आगामी वैशाख १० गतेदेखि सुपरनोभा तालिम केन्द्रमा सञ्चालन हुने अनेरास्ववियु काभ्रेका अध्यक्ष मिलनकुमार गौतमले जानकारी दिए । उनका अनुसार तालिमका लागि वैशाख २ गतेदेखि फाराम भर्न सकिनेछ ।

तालिम सञ्चालन सम्वन्धी सम्झौतामा अनेरास्ववियुको तर्फबाट जिल्ला कमिटी अध्यक्ष मिलन कुमार गौतम र सुपर नोभा तालिम केन्द्रको तर्फबाट सञ्चालक मोहन गजुरेल ले हस्ताक्षर गरेका छन् । देशमा वढ्दै गईरहेको बेरोजगारी समस्यालाई न्युनिकरण गर्नुका साथै दक्ष जनशक्ति उत्पादन गर्न तालिम सुरु गर्न लागिएको अध्यक्ष गौतमले बताए । यसले विद्यार्थीलाई स्वाबलम्वी र आत्मनिर्भर बन्न मद्दत पुग्ने अपेक्षा गरिएको गौतमको भनाई छ ।

अनेरास्ववियु काभ्रेले एसईईको समयमा विद्यार्थीहरुको सहयोगका लागि हेल्पलाइन नंवर उपलव्ध गराएको थियो भने अहिले धुलिखेलमा लेखा विषयको ट्युसन समेत निःशुल्क सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..