प्रतिनिधि सभा निर्वाचन: कांग्रेस काभ्रे–१ को उम्मेदवार सूची सार्वजनिक

बनेपा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रे क्षेत्र नम्बर–१ ले उम्मेदवारको नाम सिफारिस गरेको छ।
मंगलबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–१ को बैठकले फागुन २१ मा तय गरिएको प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा निर्वाचनका लागि नाम सिफारिस गरेको हो।

बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ गणेश लामा सहित पाँच जनाको नाम सिफारिस गरेको छ। सिफारिसको सूचीमा गणेश लामा, गुणराज मुक्तान, तीर्थ बहादुर पसखल, बिदुर बस्नेत र रसिला खनाल रहेका छन्।

बिज्ञापन

त्यसैगरी, प्रतिनिधि सभा समानुपातिकतर्फ विभिन्न समूहतर्फका निम्न व्यक्तिहरूको नाम सिफारिस गरिएको बैठकले जनाएको छ–

हर्षजित लामा (आदिवासी जनजाति)

ललिता किङरिङ (आदिवासी जनजाति महिला)

हरि बहादुर बल (आदिवासी जनजाति)

मीरा नेपाली (दलित)

उद्धव कोइराला (अपांग)

बाबुराम गिरी (अल्पसंख्यक)

त्यसैगरी, राष्ट्रिय सभातर्फ इन्द्रमणि अधिकारी र ईश्वरी प्रसाद ओझा का नाम सिफारिस गरिएको छ।