काभ्रेपलान्चोक – बनेपा नगरपालिकाे सहयोग र लायकु क्लबको आयोजनामा तिन महिने भलिबल प्रशिक्षण शुरु भएको छ।

बनेपा लायकु चौरमा उक्त प्रशिक्षण कार्यक्रम शुरु भएको क्लबका अध्यक्ष विक्रम प्रजापतिले बताउनु भयो। प्रशिक्षणको शुरुवात नगरपालिका का प्रमुख लक्ष्मी नरसिंह बादेले क्लबका अध्यक्ष विक्रम प्रजापतिलाई बल हस्तान्तरण गरि शुरुवात गरिएको थियो।

बादेले नगरका युवाहरुको चाहाना अनुसार उक्त प्रशिक्षण दिन लागिएको बताउनु भयो। खेलले मानिसहरूलाई स्वास्थ र अनुशासित, आत्मरक्षाका लागि समेत आवश्यक भएकाले सबै युवाहरुले अनिवार्य रुपमा कुनै पनि खेल खेल्न सुझाव दिनु भयो।

नगरले सबै संघ संस्था मार्फत नगरका युवाहरुलाई प्रशिक्षित गर्नका लागि सहयोग गर्न प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रममा उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत कबिराज उप्रेती , क्लबका पदाधिकारी लगायतकाे युवाहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..