काभ्रेपलान्चोक – आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि. ले समुदायसँग आवर स्ट्याण्डर्ड कार्यक्रम अन्तर्गत अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्था लि काभ्रे जिल्लाको राम्रो सहकारी मध्यको एक हो । काभ्रेका धेरै सहकारी संचालक सम्पर्क बिहिन भैरहेको बेला उता आवर स्ट्यान्डर्ड भने सामाजिक काममा लागेको छ । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले विशेष सहयोग गरेको थियो । कार्यक्रममा उपस्थित रक्तदान गर्ने व्यक्तिहरु लाई संस्थाका अध्यक्ष रत्नकुश रंजितकारले प्रमाण पत्र वितरण गर्दै आवर स्ट्याण्डर्ड साकोसले सामाजिक कार्यलाई आगामी दिनमा तिव्रताका साथ अगाडी बढाउदै सहकारीले समाज प्रतिको उत्तरदायित्वलाई अझ प्रगाढ बनाउने कुरा उल्लेख गर्नु भयो । आवर स्ट्यान्डर्ड बचत तथा ऋण सहकारी संस्थाले बनेपा नगरको हितका लागि सदैव लागि रहने र नगरमा आइपर्ने समस्यहरुमा विशेष सहयोग गर्ने बताउनु भयो । 

कार्यक्रममा संस्थाको संचालक समिति, लेखा समिति, कर्जा उपसमिति, कर्मचारी वर्ग, रेडक्रस सोसाइटी काभ्रेको प्राविधिक लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सफल पार्न आउनु भएका सम्पुर्ण रक्तदान कर्ताहरुलाई संस्थाका प्रबन्धक राजराम घोरासाइनेले धन्यवाद दिनु भएको थियो ।                       

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..