काभ्रेपलान्चोक – अनेरास्ववियु जिल्ला कमिटी काभ्रेले बनेपामा रहेको एनसेल कार्यालय अघि शेयर खरिद विक्री उपर चरु होम गरेको छ । अनेरास्ववियु काभ्रे जिल्ला अध्यक्ष मिलनकुमार गौतमको नेतृत्वमा अनेरास्ववियुका नेता कार्यकर्ताहरुले सरकारकै मिलेमत्तोमा नेपालको ऐन, कानून विपरित एनसेलको शेयर खरिद विक्री भएकाले तत्काल संलग्नहरुलाई कारवाही गर्न माग गरेको हो ।

नो ट्याक्स,नो सिम रिजेक्ट एनसेल, राज्यको कर छलि गर्न पाईदैन, पुँजीगत लाभकर छल्न पाँईदैन, एनसेललाई राष्ट्रियकरण गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, एनसेलको आय ब्यय सार्वजनिक गर भन्ने नारा तथा प्लेकार्ड सहित विद्यार्थीहरुले सरकारको विरोध गरेका हुन् ।

तपाईको प्रतिक्रिया

पहिलो पटक पत्रकारको नयाँ गित|| नव क्षितिजको रजत जयन्ती|| सुशासनको लागि .. Nawakshitiz weekly