काभ्रे । लामो समयदेखि नेपाली काङ्ग्रेसमा क्रियाशील रहेका रबिन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्याग गरेका छन् ।

सामाजिक सेवामा लगाव रहेका सामाजिक व्यक्तित्वको रुपमा परिचित २०३६ सालबाट कांग्रेसको भातृ संगठनको सदस्य हुँदै २०४३ सालमा कांग्रेसको क्रियाशील सदस्य प्राप्त गर्न सफल धुलिखेल नगरपालिका वडा नं. ४ का निवर्तमान वडाअध्यक्ष रविन्द्र कर्माचार्यले नेपाली कांग्रेस परित्यागेका हुन् ।

२०७४ को स्थानीय निर्वाचनमा सामाजिक व्यक्तित्वकै हैसियतले वडाअध्यक्ष जित्न सफल कर्माचार्यले जिल्लामै छुट्टै पहिचान बनाउन सफल भएका थिए । उनको कार्यकालमा वडा नं. ४ धुलिखेलले निकै राम्रा सकारात्मक चर्चा गर्न लायक कार्यक्रमहरु गरेर कांग्रेसलाई वाहवाही बनाएका थिए ।

२०७९ को स्थानीय निर्वाचनमा राजनीतिक पूर्वाग्राही राखेर नेतृत्वबाट हत्याउने काम भयो । जसका कारण कर्माचार्यमा कांग्रेसप्रति वितृष्णाको खेतीले घर ग¥यो । पछिल्लो समय रास्वपाले राष्ट्रियस्तरमा कमाएको ख्यातिका कारण समाजमा केही गरौं भन्ने मान्छेहरुका लागि गन्तव्यको एउटा मार्ग प्रशस्त गरिदियो ।

जसका कारण कर्माचार्य जस्ता व्यक्तित्वहरुले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा लालायित बनाए । जसको श्रीबिन्दु रविन्द्रले गरे । कांग्रेसमा छुट्टै पहिचान राख्न सफल रामेश्वर घिनाजू, माधव श्रेष्ठ जस्ता व्यक्तिहरुले राजस्वपा रोजे ।

सोही क्रममा रविन्द्र कर्माचार्यको सभापतित्वमा धुलिखेल नगरपालिका वडा नं. ४ प्रारम्भिक वडा समितिको ११ सदस्य गठन भएको छ । जसले कांग्रेसका लागि चुनौती थपिएको आम नागरिकको बुझाइ भएको छ ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..