काभ्रेपलान्चोक – पहिचान अपन्त्व र अधिकार ,दिगाे विकासकाे आधार भन्ने मुल नारा सहित समृद्ध नगर बनाउनकाे लागि बिकासकाे गतिमा अगाडि लम्किरहेकाे तारकेश्वर नगरपालिकाले २०८१ जेठ २३ गते हाम्रो भुमि ,हाम्रो भविष्य भन्ने मुल नारा सहित विश्व बातावरण दिवस मनाएकाे छ।

साे अवसरमा बालकुमारी खवर संग कुराकानी गर्दै तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले स्वच्छ नगर ,सफा नगर, हराभरा नगर र समृद्ध नगरपालिका बनाउनेकाे हाम्रो नगर सफा हुनपर्याे, हाम्रो नगर भित्रकाे खाेला खहरे कुलाे सफा हुनुपर्याे त्याे भन्दा पनि सम्पूर्ण नगरवासि सफा हुनुपर्याे त्यकारण पहिला हामीले आफ्नो घरबाट फाेहाेर सफा गर्नु पर्छ अनि सफा नगरपालिका बन्छ। हामिले आउने नगर सभाबाट यसकाे लागि बजेट बिनियाेजन गरेर सफ,सुन्दर नगरपालिका बनाउने काममा लागेका छाैं ।

कार्यक्रममा उपप्रमुख सिर्जना बुर्लाकाेटी अर्याल, तारकेश्वर ६ का वडा अध्यक्ष घनस्याम श्रेष्ठ ,तारकेश्वर ८का वडा अध्यक्ष स्याम कृष्ण सापकोटा , तारकेश्वर ११का वडा अध्यक्ष कविराज वस्नेत लगायत जनप्रतिनिधिहरू लैंगिक हिंसा नियन्त्रण संजालका प्रतिनिधिहरू ,नेपाल स्काउट, महिला स्वास्थ्य स्वयंसेविकाहरू,बिद्यालयका बिद्यार्थीहरूकाे पत्रकारहरूकाे उपस्थिति थियाे कार्यक्रम तारकेश्वर वडा ६जरंकुबाट सुरू भई शेषमति पुगेर सम्पन्न भयाे थियाे कार्यक्रममा नारालगाउदै बाट आसपास रहेका फाेहाेर जन्य वस्तुहरूलाई संकलन गरि सम्वन्धित ठाउँमा पराईएकाे थियाे ।कार्यक्रमकाे समापन गर्दै नगर प्रमुख कृष्णहरि महर्जनले सबैलाई धन्यवाद दिनुभयाे।

बालकुमारी खवर
सानुकाजी थापा
९८४१२२५८७३

तपाईको प्रतिक्रिया

नैतिक व्यावहारिक तथा व्यवसायी शिक्षा प्रदान गर्दै बेलर| गुणस्तरीय शिक्षाका लागि बेलर हेर्नुस् भिडियो