बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०८०।०८१ मा बनेपा नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ।

नगरप्रमुख शान्तिरत्न शाक्यले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको गोष्ठीमा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाखा, जिन्सी शाखा लगायत विभिन्न शाखाहरुले आफ्ना शाखाको वार्षिक योजना र गतिविधिहरु प्रस्तुत गरेका थिए।

नगर प्रमुख शाक्यले आफु निर्वाचित भएर आएपछि सबै शाखाका प्रमुखहरुलाई प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएको र सोहि अनुरुप अहिले दोस्रो पटक शाखाका गतिविधि प्रस्तुत भएको बताउनुभयो।

मेयर शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौं। हामीले धेरै कुरा गर्नु छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किनभने हामी नयाँ ब्यक्ति आएका छौँ ।’ मेयर शाक्यको भनाई थियो ।

उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत चापागाईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन प्रशासन अधिकृत ध्रुवराज नेपालले गर्नुभएको थियो। अशोजमा वार्षिक समिक्षा प्रस्तुत गर्ने क्रममा शाखागत रिपोर्ट प्रस्तुत गरिएकाे थियो । अघिल्ला वर्षहरुमा जनप्रतिनिधि र प्रशासकीय प्रमुखले मात्र योजना लगायत विभिन्न कार्यक्रमहरूको समिक्षा प्रतिवेदन प्रस्तुत गरिन्थ्यो।मुलुक संघीय संरचनामा गएपछि दोश्रोपटक बनेपा नगरपालिकाले यसरी शाखागत अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे हो।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..