काभ्रेपलान्चोक – नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सडक सुरक्षा कार्यक्रम सुरु गरेको छ । जसअन्तर्गत कार्यालयले आज नजिकिँदै गरेको दशैं, तिहार, छठ लगायतका चाडपर्वमा हुन सक्ने सवारी दुर्घटना र त्यसको न्युनिकरण र ट्रफिक व्यवस्थापनका विषयमा पत्रकारसँग छलफल गरेको छ ।

छलफल कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले ट्राफिक व्यवस्थापनबारे पार्किङको समस्यालाई व्यवस्थापन कसरी गर्ने भन्नेबारे निरन्तर छलफल भईरहेको बताएका छन् ।

उनका अनुसार ओभरलोड लगायतको नियन्त्रणमा समस्या छ । सवारी चाप बढिरहेको छ, चुनौती बढिरहेको छ, मापसे सबैको चेक गरौं भन्न आवश्यक उपकरण छैन । ट्राफिक लाइट राख्न आवश्यक प्रक्रिया सुरु हुँदै गरेको बताउदै सिलवालले दैनिक ५/७ जना मापसेमा परेको पनि जनाएका छन् ।

कार्यक्रममा जनशक्ति अभाव, अव्यवस्थित सवारी पार्किङ, बिग्रिएका सिसिटीभि मर्मत नहुनु लगायत विभिन्न कारणले सोचे जस्तो काम गर्न नसकिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक सिलवालको गुनासो छ ।

ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले पत्रकारसँग सुझाव माग्नुको साथै ट्राफिक प्रहरीको भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।                   

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..