काभ्रेपलान्चोक – पछिल्लो समय गित संगित क्षेत्रमा नयाँ नयाँ कलाकारहरु आउने क्रम जारी छ । तनहुँ जिल्ला ऋषिङ गाउँपालिका वडा ३ दुगुङमा जन्मलिएर नेपाली गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक हुन् सन्जिव सिंह राना । राना आज भोली गित संगित क्षेत्रमा निकै व्यस्त हुनुहुन्छ। सानै देखि गित गाउन रुचाउने राना गीत संगितमै केही गर्छु भनेर आएको बताउनु भयो। उहाँका विशेष गरि आधुनिक तथा पप गितले निकै बजार तताउने गरेको छ।

घरमा आमा बुबाको माया स्नेह प्रेमले गर्दा नै सानो उमेर देखी यस क्षेत्र प्रती झुकाब भएर ७ बर्ष संगित सम्बन्धि कक्षा लिएर गित संगित क्षेत्रमा अगाडि बढनु भयो थियो। गुरुकुल पाठशालाका गुरुदेवको राम्रो शिक्षाले नै आज देश तथा बिदेशमा सुपरिचित हुनुहुन्छ। राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा धेरै नै सन्जिव सिंह रानाको माग हुने गरेको आयोजकहरुले बताउने गरेका छन् ।

२०६६ सालमा पश्चिमाञ्चल तारा नामक गायन प्रतियोगितामा प्रथमको उपाधी हात पारेको बताउनु भयो । २०६९ सालमा भबिष्य नामक एल्बम बजारमा ल्याउनु भएको थियो भने सुरुमा नै एल्बमले धेरै चर्चा पाएको थियो । त्यस पछि लगातार धन मागे त छैन मन मागेमा दिउँला, ए मेरो मामा फुलबुट्टे जामा, वान टु वान टु म पनि जान्छु, मैले माया लायको तिमी संगै हो, तिम्ले जस्तै ढॉंट्न जाने, तिम्रो प्रोफाईल, हिड्दा हिड्दै दोबाटोमा, निलो आकाशमा, जस्ता धेरै गित रानाका चर्चामा छन् ।

देशभरमा हुने थुप्रै मेला महोत्सवमा आफ्ना प्रस्तुतिमार्फत वाहीवाही बटुलेका छन् भने गीतसंगीतकै सिलसिलामा हङकङ, कतार, मलेशिया भारतलगायत देशहरूमा पुगेर आफ्नो प्रस्तुति दिएका छन् । ए मेरो मामा फुलबुट्टे जामा गित बाट वर्षको सर्वोत्कृष्ट गायक भएर सगरमाथा म्युजिक अवार्ड, वान टु वान टु म पनि जान्छु गित बाट वर्ष सर्वोत्कृष्ट भएर जया प्राप्ति म्युजिक अवार्ड, वान टु वान टु म पनि जान्छु गित बाट नै सर्वोत्कृष्ट गायक भएर क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड, वान टु वान टु म पनि जान्छु गित बाट नै सर्वोत्कृष्ट गायक भएर नाट्यश्वर म्युजिक अवार्ड जस्त थुप्रै म्युजिक अवार्डहरु बाट अवार्ड चुम्न सफल हुनु भएको छ । चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा जुरि समेत बसेको बताउनु भयो ।

राष्ट्रिय लोकदोहरी प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिती तनहुँको सक्रिय सदस्य त्यस्तै राष्ट्रिय संगितकर्मी संघ काठमाण्डौ जिल्लाको सह–सचिव पदको रहेर कलाकारहरुको हक हितको लागि काम गरिरहेको जानकारी दिनु भयो । रानाले गित संगितसँग सम्बन्धित रहेर कमाएको पैसाले समाज सेवा पनि गरेको देख्न सकिन्छ । अपांग स्कुलहरुमा अपांग विद्यार्थीहरु कपि, कलम लत्ताकपडा र वृद्धआश्रममा नगद सहयोग, विभिन्न क्लबहरुलाई खेलकुद कार्यक्रमका लागि खेलकुद सामाग्रीहरु सहयोग गर्दै आएको रानाले बताउनु भयो । जन्म दिने आमा बुबा त्यस पश्चात नारायण गोपाल र पाकिस्तानी गायक गुलाम अलिको गितहरु सुनेर पनि गित संगित क्षेत्रमा आउन प्रेरित भएको बताउनु भयो ।

हजारौं गायक गायिकाले नेपाली गीतसंगीतमा आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसंगीतको लामो समयको अनुभवसँगसँगै निकै मिठा र सशक्त स्वरका धनी गायक–गायिकाहरु यस क्षेत्रले पायो । यीमध्ये एक हुन् सन्जिव सिंह राना । नेपाली गीतसंगीत क्षेत्रमा लोकप्रिय नाम हो सन्जिव सिंह राना । गायनमार्फत आफूलाई धेरै दर्शक तथा स्रोताको मन मस्तिष्कमा राज गर्न सफल राना गायनमा जति उचाइ हासिल गर्न सफल भएका छन् त्यतिकै गीत लेखन र संगीतमा पनि पोख्त छन् । प्रस्तुत छ नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गायक सन्जिव सिंह रानासँग गरेको समसामयिक कुराकानी 

० यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र संघर्ष गर्नु पर्यो ?
यस क्षेत्रमा स्थापित हुनलाई बिगतमा धेरै संघर्ष गरेको छु । बिना संघर्ष स्थापित हुन नै सकिदैन । शुरुवातमा त धेरै कमि कम्जोरीहरु थियो । त्यसलाई बिस्तारै अंगाल्दै जॉंदा बुझियो दुख संघर्ष के रहेछ भन्ने कुरा अनुभव पनि भयो र अहिले त्यो अनुभव नै परिपक्वतामा परिणत भएको छ । यहाँ सम्म आउन लाई त कति दुख संघर्ष गरियो भन्ने कुरा त मैले सॉंगितिक यात्रमा धेरै भोगेको छु । जतिनै बाधा आए पनि गित संगित लाई निरन्तरता दिने छु ।

० गीत संगीतको क्षेत्रमा लागेर पाएको उपलब्धि के हो भन्ने लाग्छ ?
गित संगितमा लागेर पाएको उपलब्धि भनेको आम दर्शक श्रोताको माया हो । विश्वासमा नै संसार अडेको छ ति विश्वास र मायाले गर्दा अहिले यहाँ छु । जुन मैले यसलाई ठुलै उपलब्धीको रुपमा लिएको छु । धन सम्पत्ति भन्ने कुरा त कति आयो होला अनि कति गयो होला कुनै लेखा जोखा छैन तै पनि धन सम्पत्ति भन्दा एउटा कलाकार लाई दर्शकको माया ठुलो हो ।

 

० तपाईंले गाउनु भएको सबैभन्दा चर्चित गीत कुन हो ? किन त्यो गीत दर्सक स्रोताको मन मुटुमा बस्न सफल भयो ?
मैले गायको सबै भन्दा चर्चित गित धन मागेत छैन मन मागेमा दिउला भन्ने गित हो । गितमा संगित र शब्द राम्रो भएकोले आम दर्शक श्रोताले अत्याधीक मन पराईदिनु भएको छ । यस गितले भन्न खोजेको मुख्या पाटो नै धन भन्दा ठुलो मन हो । चोखो माया लाई धनले किन्न सकिन्न र चोखो मायामा धन हैन मन नै दिन सक्नु पर्छ त्यो नै सत्य माया हो भन्न खोजिएको छ । यस कारण दर्शक श्रोताले यो गितलाई मन मुटुमा राख्नु भएको हो ।

० गायक वा गायिकाले मेला–महोत्सवबाट हजारौं रुपैयाँ लिन्छन् तर गीतकार र संगीतकारसम्म त्यसको रोयल्टी किन पुग्दैन ?
मेरो बुझाईमा गितकार र संगितकारले आन्तरिक रुपमा शब्द संगितको पारिश्रमिक आपसी समझदारीमा पहिले नै लिएको हुन्छ र बॉकी त्यो गित गायक गायिकाले खरिद गरेको खण्डा सम्पुर्ण अधिकार गाउने कलाकारको हुन्छ । त्यसैले मेला महोत्सवमा जॉंदा पारिश्रमीक गायक र गयिकाले मात्र पाउने गर्छन् ।

० गायन बाट कत्तिको सन्तुष्टि हुनुहुन्छ ?
मुख्य कुरा नेपालको भौगोलिक आर्थिक र जनसंख्याको आधारमा कमाई हुने गर्छ । कलाकारले आ–आफ्नै हिसाव बाट पारिश्रमिक डिमाण्ड गर्ने गर्छन् । त्यो हिसावले म आफुलाई सन्तुष्टी नै बनाएर सॉंगितीक क्षेत्रमा निरन्तर लागी रहेको छु । कमाउनु भन्दा जोगाउनु ठुलो हो त्यसैले सन्तुष्टी नै छु ।

० अहिले युट्युब भ्युजकै आधारमा गीतको लोकप्रियता मापन गरिन्छ। यो कति न्यायोचित हो ?
अहिलेको युग भनेको संचारमा पनि ईन्टरनेटको सबै भन्दा दरिलो छिटो छरितो पाटो हो । गित संगित गायकलाई परिचित बनाउने माध्यम नै ईन्टरनेट हो । जस्तै युटुब फेसबुक आदि हुन । पहिला पहिला युटुबको प्रचलन नआउदा खेरी क्यासेट सिडी क्यासेट र रेडियो एफ.एम जस्ता माध्याम बाट लोकप्रियताको तथ्याङक राखिन्थ्यो भने अहिले युट्युबको माध्यम बाट मापन गरिन्छ जस्तो लाग्छ यो सबै समय अनुसारको परिवर्तन हो ।

० संगीत संगै सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ, कसरि समय ब्यबस्थापन गर्नुहुन्छ ?
मैले गित संगितको कार्यक्रम लाई समय दिनुका साथै सामाजिक कार्यमा पनि समय मिलाउने गरेको छु । हरेक कामको समय तालिका मिलाएर आफु समर्पित हुने गरेको छु । किनकी मैले बेला बेलामा अनाथ बालबालीका बुद्धाश्रम र खेलकुद देखी विभिन्न संघ संस्थालाई सहयोग पनि गर्दै आएको हजुरहरु लाई जानकारी नै छ । मैले निरन्तर रुपमा समय तालिका मिलाउने गरेको छु । मेरो कार्य नै धर्म हो । यसरी मैले मेरो ठाउँ बाट काम कर्तब्य निभाएको छु ।

० पछिल्लो योजना के बनाउनु भएको छ ?
मेरो पछिल्लो योजना भनेको नयॉं नयॉं गित संगितहरु नै बजारमा ल्याउने र दर्शक श्रोता माझ पुर्याउने हो । हरेक गित संगित फरक फरक ढंगबाट बजारमा ल्याउने छु ।

० अन्तमा ?
अन्तमा मेरा हरेक गित संगित श्रृजना बिगतमा जसरी माया गरिदिनु भयो आगामी दिनहरुमा पनि त्यसरी नै माया गरिदिनु होला भन्न चाहान्छु । हजुरहरु माझ सधै गित संगित मार्फत भलाकुसारी गरिरहने छु । भगवान रुपि दर्शक श्रोता हुनुहुन्छ त्यसैले तपॉंईहरुको मायाको खॉंचो छ ।

 

 

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..