काभ्रेपलान्चोक – काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा चिनिने कोशिपारी भुम्लु गाउँपालिकाको डुम्रे घाटमा लगातार परेको अबिरल परेको पानीले पहिरो जादा तीन घर उच्च जोखिमा परेका छन ।

भदौ १३,१४ र १५ गते परेको लगातारको बर्षाले भुम्लु गाउँपालिका – ८ भुम्लु टार , डुम्रेघाटमा ३ वोटा घर उच्च जोखिममा परेको छ ।

जुनै पनि बेल घर सहित पहिरो जान सकिने र ३ घर परिवार बिस्थापित हुन सक्ने वडा अध्यक्षले जानकारी दिनुभयो ।

लगातार परेको पानीले कुमार माझी , प्रकाश माझी र सारीता माझीको घर बिस्थापित हुने भए पछि वडा अध्क्ष्य मोतीलाल तामाङले सुरक्षित स्थानमा स्थान्तरन गर्ने लागेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

देउराली माबि विगत र वर्तमान, पालिकाकै उत्कृष्ट, पुर्ण उतिर्ण गराउन सफल, ७५ औं हिरक जयन्ती हेर्नुस्..