रोशी । जिल्लाको रोशी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सोमबार गाउँपालिकाको सभाहलमा सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।

ग्लोबल युटिलिटी रिसर्च यूनिट प्रा.लि.ले सहजिकरण गरेको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरूको जिज्ञासाको सम्बोधन जनप्रतिनिधिहरूको तर्फबाट गाउँपालिका अध्यक्ष दिनेश लामा र गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबाले र कर्मचारीहरूको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङले गरेका थिए ।

सो कार्यक्रममा सहभागीहरूले सेवा प्रवाहको बिषयमा प्रश्न गरेका थिए । सहभागीहरूको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष लामाले गाउँपालिकाको सेवाप्रवाहमा भएको कमीकमजोरीहरूलाई सच्याउदै आगामी दिनमा रोशीको नागरिकलाई कसरी सहज रुपमा सेवाप्रवाह गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरेर अगाडी बढ्ने बताए । सहभागीहरूबाट सुझाव संकलन गरी आगामी दिनमा कार्यान्वयनका लागि सार्वजनिक सुनुवाईको आयोजना गरेको उनको भनाई थियो ।

उक्त कार्यक्रममा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, गाउँपालिकाका शाखाप्रमुखहरू, सञ्चारकर्मीहरू र स्थानीयहरूको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..