आवर स्ट्याण्डर्ड साकोसको एघारौं औ वार्षिक साधारणसभा शनिबार सम्पन्न

बनेपा – आवर स्ट्यार्डड बचत तथा ऋण सहकारी संस्था लिमिटेडको एघारौं औ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष रत्नकुश रजिंतकारको अध्यक्षतामा सम्पन्न भएको छ ।

शनिबार बनेपाको पार्टी भेन्युमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) अध्यक्ष उद्धव सापकोटाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

बिज्ञापन

प्रमुख अतिथि सापकोटाले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारीको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो। उहाँले देशको आर्थिक विकासका लागि सहकारीले गरेको योगदानको बारे चर्चा समेत गर्नुभएको थियो ।

सभामा अध्यक्ष रत्नकुश रजिंतकारले विभिन्न चुनौतिका विचमा समेत सस्थाले उल्लेख्य प्रगती गरेको बताउनु भयो । सस्था सहकारी ऐन नियम विधि र सिद्धान्तको अधिनमा सञ्चालन भएको जानकारी दिदै काभ्रे जिल्लामा नै पहिलो पटक सहकारी आफैंले आन्तरिक अनुगमन तथा स्व मुल्यांकन समिति गठन गरि अख्तियारको काम गर्ने बताउनु भयो ।

सभामा सस्थाको आर्थिक वर्ष २०७९/०८० को प्रगति प्रतिबेदन सचिब बुद्धभक्त रंजितले आर्थिक प्रतिबेदन कोषाध्यक्ष सर्जुकुमार रंजितकारले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक सुदिना रजिंतले प्रस्तुत गर्नु भएको थियो ।

सस्थाको शेयर पुजीं ८४ लाख ९४ हजार, बचत संकलन १२ करोड ७५ लाख ७५ हजार दुई सय पचास , ऋण लगानी १२ करोड ९५ लाख ५५ हजार, आम्दानी २ करोड २२ लाख ३४ हजार रहेको जनाएको छ । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बचत कर्ता, बाल सदस्य, ऋणीहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष ठाकुर प्रसाद बजगाईले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका प्रवन्धक राजाराम घोरसाईनेले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । सहकारीलाई बलियो बनाउदै सहकारीहरुको लगानी उत्पादन क्षेत्रमा लगानीका लागी राज्यले प्रत्सोहान गर्नु पर्ने घोरसाईनेले बताउनु भयो ।