पनौती, साउन १ — सडक सुशासन प्रवर्द्धन र बढ्दो सवारी दुर्घटनामा न्यूनीकरण गर्न उद्देश्यले पनौती–बनेपा सडकखण्डमा शुक्रबार विशेष लागू पदार्थ सेवन (ला.प.से.) चेकजाँच कार्यक्रम सञ्चालन गरिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेल, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रेपलाञ्चोकको संयुक्त समन्वय तथा सहकार्यमा पनौती नगरपालिका–५ स्थित आईटी पार्क नजिकै कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रम अन्तर्गत सार्वजनिक, मालवाहक तथा निजी सवारी साधनका ४० जना चालकहरूको लागू पदार्थ सेवन परीक्षण गरिएको थियो। परीक्षणमा ८ जना चालकहरू Positive देखिएपछि उनीहरूलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय बनेपा पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाजुले जानकानरी दिए ।

सडकमा ट्राफिक अनुशासन कायम राख्न तथा दुर्घटना नियन्त्रणमा सघाउन यस्ता कार्यक्रम नियमित रुपमा संचालन गरिने प्रमुख धाजु जानकानरी दिए ।

तपाईको प्रतिक्रिया

खाना, नाना र छाना बिहिनहरुको साथमा नव क्षितिज …. #nawa #kshitiz