काभ्रेपलान्चोक – श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शनिबार संस्थाको १४ औं बार्षिक साधारणसभा बनेपा नगरपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

सभाले चालु आर्थिक वर्ष २०७९/८० को आम्दानी र खर्चका साथै आगामी आ. बर्ष २०८०/ ८१ को नीति तथा कार्यक्रमहरु समेत पास गरेको थियो ।

 

बनेपा नगरपालिकाको सभा हलमा बिहान ११ बजेबाट शुरु भएको १४ औं बार्षिक साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष राजन अधिकारीले गरेका हुन भने जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो । साधारणसभाको जिल्ला सहकारी संघका अध्यक्ष शर्माले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिलिप शर्माले संस्थाको उन्नति र प्रगतिको कामना गर्नुहुँदै केन्द्र, प्रदेश र स्थानीय सरकारले सहकारी क्षेत्रलाई नहेरेको बताए । उनले कम्पनी चलाय जसरी सहकारी नचलाउन सबै काभ्रेली सहकारीकर्मीहरुलाई अनुरोध गरेका थिए ।

श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष राजन अधिकारीले आफू सधैं सहकारीकै हकहितमा लागि परिरहेको र सहकारी संस्थालाई दिगो बनाउन सदस्यहरु एकतावद्ध हुनुपर्ने बताए । उनले श्रमिक जनउत्थान सहकारीमा कुनै समस्य नरहेको र ढुक्क भएर बचत गर्ने सबै लाई अनुरोध गर्दै काभ्रे जिल्लाकै उत्कृष्ट सहकारी बनाउने अभियानमा लागेको बताए ।

कार्यक्रमका अतिथी श्रमिक जनउत्थान बचतको प्रमुख सल्लाहकार तथा सहकारी अभियान्ता मोहन गजुरेल, पत्रकार केशवराज पौडेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष गणेश कुमार तामाङले राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव अम्बिका तिमिल्सिनाले गरेकी थिइन ।

लेखा समितीका संयोजक तुलसीराम रिजालले पेस गरेको लेखा समीतिको प्रतिबेदन र कोषाध्यक्ष गणेश कुमार तामाङले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन साधारण सभाबाट सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।

सहकारीमा झण्डै दुई हजार जना सेयर सदस्य रहेका छन् । कार्यक्रममा संस्थाका संचालन समिति, लेखा समिति तथा उपसमिति, संस्थाका कर्मचारी लगायत सेयर सदस्य उपस्थित रहेको श्रमिक जनउत्थान बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक देबि लामाले काभ्रे प्रेस लाई जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..