काभ्रेपलान्चोक – बिजया दशमी शुभ दिपावली नेपाल सम्वत तथा छठ पर्वहरुको अवसरमा नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाद्वारा कला संस्कृति र मौलिकता जगेर्ना गर्ने उदेश्यले आयोजित शुभकामना आदानप्रदान प्रतियोगिता २०८० का सहभागीहरु लाई पुरस्कार वितरण शुभकामना आदानप्रदान र पिकनिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलको सभापतित्वमा, नेपाली कांग्रेस काभ्रे जिल्ला उप-सभापति रमेश प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने बिशिस्ट अतिथिमा नेपाली कांग्रेस धुलिखेल नगर सभापति बिदुर बहादुर बस्नेत, धुलिखेल नगरपालिका वडा न ९ को वडा अध्यक्ष बद्री प्रसाद हुमागाई, नेपाली कांग्रेसको महिला मन्जु घिमिरे रहनु भएको थियो ।

उक्त शुभकामना आदानप्रदान प्रतियोगितामा धुलिखेल निवासी सुजेन मगर प्रथम, बेथानचोक निवासी उमेश दाहाल दोश्रो र बनेपा निवासी सिसम घिमिरे तेस्रो भएको थिइन् । सहभागी प्रतियोगिताहरु बाट भोटिङ गरेर प्रथम दोश्रो तेस्रो छ्नोट गरिएको थियो । प्रथम लाई १५ हजार नगदको साथै प्रमाणपत्र शुभकामना हलको तर्फबाट सिनेमा हेर्न टिकट र बनेपा महोत्सवको भिआइपी टिकट , दोश्रो लाई १० हजार नगद सहित प्रमाणपत्र, शुभकामना हलको टिकट र बनेपा महोत्सव भिआइपी टिकट र तेश्रो बिजेता लाई ५ नगद प्रमाणपत्रको साथै शुभकामना हलको टिकट बनेपा महोत्सवको भिआइपी टिकट प्रदान गरिएको थियो ।

नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखाको सामाजिक संजाल बाट गरिएको प्रतियोगितामा like, comment, share को आधारमा पहिलो, दोश्रो तेस्रो छुटाइयको र सहभागीहरु बाट नै पुरस्कार वितरण कार्यक्रममा भोट हाल्न लगाइ जसको धेरै भोट आयो त्यसलाई नै प्रथम दोश्रो र तेस्रो बिजेता घोषणा गरिएको थियो ।

दबिएको, पिल्सिएको अनि हेपिएको आवाजलाई समाजमा व्याप्त, बेथिति, विकृती, बिसंगतिको विरुद्ध बोल्न सक्नुहोस भन्ने उदेश्य उक्त शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस काभ्रे सांस्कृतिक शाखा प्रमुख राम कृष्ण पोखरेलले बताउनु भयो ।

उता कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला उप- सभापति रमेश प्रसाद हुमागाईले हेर्दा यो अनौठो लागे पनि यस प्रतियोगिताले धेरै मानिसहरुको नेतृत्व बिकासमा सहयोग पुग्ने बताउनु भयो । उहाँले पछिल्लो समय बोल्नेको पिठाे बिक्ने र नबोल्नेको चामल पनि नबिक्ने उदाहरण दिदै सबैले आ-आफ्नो ठाउँ बाट आवाज उठाउन सक्षम हुनुपर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

५ वर्षमा बनेपा केहिन केही परिवर्तन हुनेछ|| काम गर्न दिनुहोस् ||समृद्ध बनेपा बनाउने अभियानमा छौ …..